मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

माइन्ड अफ मुम्बई डब्बावाला

ओम बानियाँ
2 months ago
12/01/2019

 

 

 

ओम बानियाँ

 

भागदौड र भीडभाडले सास लिन पनि मुस्किल हुने मुम्बई सहरका २ लाख सरकारी तथा गैरसरकारी कर्मचारीको लाइफलाइन हुन्, मुम्बई डब्बावाला । मुम्बई डब्बावाला एक यस्तो संगठन हो, जसका कामदारले १२८ वर्षदेखि ठीक समयमा उचित तरिकाले कर्मचारीका परिवारले घरमै पकाएको खानाको डब्बा घरदेखि अफिससम्म र खाली डब्बा पुनः घरसम्म पु¥याइदिने पुण्य कार्य गर्दै आएका छन् ।

आफ्नो पेसाप्रतिको इमानदारिता, कर्तव्यनिष्ठ र चुस्ततुरुस्त व्यवस्थापनका कारण अहिले मुम्बई डब्बावालाहरू संसारभर चर्चित छन् । भारतको अहमदावादस्थित विश्वप्रसिद्ध म्यानेजमेन्ट युनिभर्ससिटी, आईआईएममा यसबारे केस स्टेडी  हुने गर्छ । मुम्बई डब्बावालाहरूलाई देशविदेशमा समेत बोलाउने गरिन्छ । यसै सिलसिलामा नूतन टिफिन कम्पनीका अध्यक्ष रघुनाथले केन्या, इटाली, अमेरिका, बेलायत तथा नाइजेरियालगायतका देशको भ्रमण गरेका छन् ।

देशविदेशका अनेक संस्था तथा टिभी च्यानलहरूले डब्बावालाहरूको कार्यशैली तथा व्यवस्थापनको सम्बन्धमा थुप्रै डकुमेन्ट्री बनाएका छन् । बीबीसी, डिस्कवरी तथा नेसनल जियोग्राफिक च्यानलले डब्बावालबारे बनाएको डकुमेन्ट्री निकै लोकप्रिय पनि भएका छन् । सन् २०१३ मा प्रर्दशित हिन्दी फिल्म लन्च बक्स पनि मुम्बई डब्बावालाबाट प्रभावित छ ।  सेतो कुर्ता पाइजामा, गान्धी टोपी, घाँटीमा रुद्राक्षको माला तथा कोल्हापुरी चप्पल लगाएर काम गर्ने अधिकांश डब्बावाला वारकारी समुदायका छन्, जसले विट्ठल भगवान्माथि आस्था राख्छन् ।

मुम्बई डब्बावालाको आर्दश वाक्य छ, अन्नपूर्णा देवोभवः अर्थात् भोजन उपलब्ध गराउने व्यक्ति देवता जस्तै हुन् । यही निःस्वार्थ भावना र कार्यशैलीका कारण डब्बावालाहरू देशविदेशमा चर्चित छन् त्यसैले डब्बावालाहरूलाई मुम्बईको लाइफलाइन पनि भन्ने गरिन्छ ।

डब्बामा माया

मुम्बई डब्बावालाको विषयमा विद्यावारीधि गर्ने मोटिभेसनल स्पिकर डा. पवन अग्रवालले डब्बावालाको कार्यशैली, इमानदारिता र व्यवस्थापकीय क्षमताबारे अनेक रोचक तथ्यहरू वाहिर ल्याएका छन् । उनी भन्छन्, ‘मुम्बई डब्बावालाले घरदेखि अफिससम्म खाना मात्र होइन, परिवारको माया पनि पु¥याउने गरेका छन् ।’ एक प्रसंगमा उनी भन्छन्, ‘एकपटक पतिपत्नीको बीच ठाकठुक परेछ । एंग्री पति अब आफू कहिल्यै घर नफर्किने भन्दै अफिस गएछन् । सधैंझैं साढे नौ बजे खानाको डब्बा लिन डब्बावाला आएछ । पत्नीले डब्बा दिइछन् । बिहानका एंग्री योङ म्यान दिउँसोसम्म हंग्री योङ म्यान भइसकेका थिए । डब्बा हातमा पर्नासाथ उनले डब्बा खोलेछन् ।

डब्बाभित्र एक म्यासेज थियो, प्रिय पतिदेव, आई एम सरी । खाना निकै मीठो छ । खानुहोला । आई लभ यू । पति भावविभोर भएर खाना खाएछन् र सिनेमाका दुईवटा टिकट किनेर खाली डब्बामा हालेर आई लभ यू टु म्यासेज लेखेर घर पठाइदिएछन् ।’

डिब्बावालाको सुरुवात

सन् १८९० तिरको समाजमा बिहान उठेर आफ्ना कर्मचारी पतिलाई टिफिन बनाएर अफिस पठाउन निकै गाह्रो थियो । उति बेला आज जस्तो भान्छामा नै ग्याँस र पानी आदि थिएन ।

कर्मचारी र उनका परिवारको यो समस्यालाई बुझेर नै महादेव हाब्जीले घरको खाना अफिससम्म पु¥याउने उद्देश्यले नूतन टिफिन कम्पनीमार्फत सन् १८९०मा डब्बावालाको सुरुवात गरेका थिए । जब नूतन टिफिन कम्पनीका महादेवले डब्बा घरबाट अफिस पु¥याउने कार्य सुरुवात गरेका थिए, त्यस बेलाअंग्रेज तथा फारसी समुदायका सय जना जति ग्राहक थिए । त्यो संख्या क्रमशः बढ्दै गएर आज २ लाखभन्दा माथि पुगेको छ ।

रघनुाथ मेडगे ३५ वर्षदेखि यस संस्थाका अध्यक्ष छन् । अहिले डब्बावालाको संख्या लगभग ५ हजार छ । यी ५ हजार डब्बावालाले मुम्बईको ६ वटा कार्यालयमार्फत् २ लाख कर्मचारीहरूको घरबाट अफिसमा खाना पु¥याउँदै आएका छन् ।

 

 

मुम्बई डब्बावालाको आदर्श वाक्य छ, अन्नपूर्णा देवोभवः अर्थात् भोजन उपलब्ध गराउने व्यक्ति देवता जस्तै हुन् । यस्तै, निःस्वार्थ भावना र कार्यशैलीका कारण डब्बावालाहरू देश–विदेशमाचर्चित छन् । उनीहरूलाई मुम्बईको लाइफलाइन पनि भन्ने गरिन्छ

 

डब्बावाला माइन्ड

डब्बावालाका रूपमा काम गर्न कुनै शैक्षिक योग्यताको आवश्यकता पर्दैन । अशिक्षित तथा पाका व्यक्तिपनि डब्बावाला बन्न सक्छन् । अहिलेका डब्बावालाहरू औसत ८ कक्षा पढेका र औसत ५५ वर्ष उमेरका छन् । तर, उनीहरूको टाइम म्यानेजमेन्ट र मेमोरी गजबको छ । कतिपय धेरै पढेका कर्मचारीहरू ठीक समयमा अफिस पुग्न सक्दैनन् । तर, मुसलधारे वर्षा होस् वा प्रचण्ड गर्मी वा ट्राफिक जाम डब्बावाला सधैं ठीक समयमा डब्बा लिएर अफिस पुग्छन् । कतिपय कर्मचारीहरूले आफ्नै घरबाट पठाएको डब्बा चिन्न सक्दैनन् । तर, डब्बावालाहरूले सम्बन्धित व्यक्तिको डब्बा पु¥याउन कुनै गल्ती गर्दैनन् । पछिल्लो १२८ वर्षको इतिहासमा डब्बावाला कहिल्यै लेट भएका छैनन् । उनीहरूको काम सय प्रतिशत परफेक्ट छ त्यसैले डब्बावालालाई सिक्स सिग्मा रेटिङ मिलेको छ । जसको अर्थ हुन्छ, ६ मिलियन ट्रान्ससेक्सनमा गल्ती हुने सम्भावना केवल एक हुन्छ । सामान्यतया संकेतको आधारमा नै डब्बावालाहरूको नेटर्वक चल्छ । उमेर, शिक्षा तथा अनुभव जति भए पनि हरेक डब्बावालाको आय उति नै छ । ९ देखि १० हजार मासिक कमाइ । वर्षमा एकपटक एक महिनाको तलब बराबर बोनस मिल्छ ।

सजिलौ छैन काम

डब्बावालाको काम त्यति सजिलो छैन । प्रचण्ड गर्मी होस् वा मुसलधारे वर्षा, खुट्टा राख्ने ठाउँ नहुने लोकल टे«नमा कोच्चिएर होस् वा साइकल कुदाएर होस्, एक डब्बावालाले हरेक दिन ६० देखि ७० किलोमिटर यात्रा गर्नुपर्दछ । एक डब्बा ग्राहकसम्म ६ हात भएर पुग्दछ ।

खाली डब्बा पनि त्यसरी नै घर फर्किन्छ । खाना ३ घण्टाभित्र कार्यालय पुग्दछ । सप्लाइका लागि डब्बावालाहरूले साइकल तथा लोकल टे«न प्रयोग गर्छन् । डब्बावालाका रूपमा कार्य गर्न केही नियम पालना गर्न जरुरी छ । कामको समयमा मादकपदार्थ सख्त मनाही छ । डब्बावालाले सेतो गान्धी टोपी लगाउन आवश्यक छ । पूर्वसूचनाबिना बिदा मिल्दैन । हमेसा साथमा आई कार्ड राख्न आवश्यक छ । कसैले नियम उल्लघंन गरेमा एक हजार जरिमाना हुन्छ ।

पुछारमा

अतः ५ हजार डब्बावालाले २ लाख खानाका डब्बा निश्चित समयमा ठीक तरिकाले ठीक ठाउँमा पु¥याउनुभन्दा ठूलो प्रबन्ध अर्को के हुन सक्छ ? यो ठूल्ठूला बिजनेस गुरुका लागि पनि चकित पार्ने कुरा हो । वास्तवमा मुम्बई डब्बावाला उचित व्यवस्थापनको एक उदाहरण हो त्यसैले त मुम्बई डब्बावालाहरूको कार्यशैली तथा व्यवस्थापनले ठूल्ठूला उद्योगी व्यवसायी, स्कोलर, समाजसेवीदेखि राजकुमार चाल्र्सको समेत ध्यान खिच्न सफल भएको छ । डब्बावालाको व्यवस्थापनाको यति प्रशंसा हुनुको पहिलो कारण हो, समय व्यवस्थापन । दोस्रो हो, अनुशासन । तेस्रो हो, कामप्रतिको लगााव । ल

 

 

(Visited 98 times, 1 visits today)
Loading comments...