मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

जीर्ण सम्पदाको पुनर्निर्माण गर्दै नगरपालिका

राजधानी समाचारदाता
2 months ago
12/01/2019

 

दैलेख  ।  दैलेखको नारायण नगरपालिकाले नगरभित्र रहेका जीर्ण सम्पदाको संरक्षण गर्न निर्माण कार्यलाई तीव्रता दिएको छ । नारायण नगरपालिकाभित्र रहेको ऐतिहासिक पञ्चदेवल कोतगढी गणेश मन्दिरको डीपीआर निर्माण गर्न लागेको हो ।

विसं १३२१ मा निर्माण भएको पञ्चदेव सयुक्त राष्ट्र संघीय निकाय युनेस्कोले ऐतिहासिक सम्पदाको सूचीमा राखेको छ । नारायण नगरपालिका– ६ को अगुवाइमा ५ करोड लागतबराबरको खर्च पुनर्निर्माणमा लाग्ने अनुमान गरिएको छ । डीपीआर निर्माणको काम नेपाल इन्जिनियर एन्ड मेनेजमेन्ट कम्पनीले लिएको छ ।

देवलको पुनर्निर्माणका लागि स्थानीय पदमप्रसाद भट्टराईसँग पाँच रोपनी जग्गासमेत खरिद गरिएको नारायण नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश न्यौपानेले बताए । उनले ऐतिहासिक महŒवका देवल टुक्रिँदै र फुट्दै गएपछि पुनर्निर्माण गर्न लागेको र पुनर्निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारलाई बजेट माग गरिने बताए । संरक्षण अभावमा पञ्चदेवलमा भएका ढुंगामा कुँदेर बनाइएका धारासमेत जीर्ण अवस्थामा छन् ।

स्थानीयका अनुसार नारायण नगरपालिका र संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्माण गरिएको घेराबारसमेत भत्किएर गाईवस्तु भित्र गएर बस्ने गरेका कारण पनि पञ्चदेवलमा फोहोर हुने गरेको बताए । नारायण नगरपालिका दैलेखमा रहेका पुराना ऐतिहासिक सम्पदा संरक्षण गरी पर्यटकीय गन्तव्य निर्माण गर्न जीर्ण सम्पदा संरक्षण गर्न लागिएको नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले बताए । उनले कोही पर्यटक हेर्न जाँदासमेत हेर्न सक्ने अवस्था छैन । फोहोर त्यत्तिकै छ ।

जिल्लाका आन्तरिक वा बाह्य पर्यटकका लागि आर्कषक बस्ने स्थानसहितको योजना अघि बढाएको बताए । नारायण नगरपालिका–१ मा रहेको कोतगढीलाई पुनर्निर्माण गर्न नारायण नगरपालिका दैलेखले डीपीआर निर्माण गर्न लागे पनि सो कोतगढी नेपाली सेनाको नाममा रहेकाले समस्या भएको नगर प्रमुख खड्का बताउँछन् । नेपाली सेनाले आफ्नो मातहत रहेको कोतगढीलाई केही गर्न नमिल्ने बताएपछि नगरपालिकाले आफ्नो मातहत ल्याउन प्रयास गरेको वडा नम्बर १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए ।

पर्यटकका लागि समेत आर्कषणको केन्द्र रहेको कोतगढी नेपाली सेनाले राख्न नमिल्ने बताए । उनले अहिले मन्त्री आउँदा मात्र खोल्ने गरे पनि सधैं ताला लगाउने गरेको बताए । कतिपय पर्यटक कोतगढी हेर्न इच्छुक हुँदासमेत हेर्न नपाएको उनको भनाइ छ । नारायण नगरपालिकाले आफ्नो मातहतमा ल्याएर तत्काल त्यसको पुनर्निर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने नगर उपप्रमुख सावित्री मल्ले बताइन् । नगरभित्रका सम्पदा नगरकै मातहत हुनुपर्ने हो, पहिला नेपाली सेनाका नाममा भए पनि अब नगरपालिका आफैंमा स्वायत्त सरकार भएकाले नगरपालिकाले आफ्ना नाममा पारेर पुनर्निर्माण गर्न आवश्यक रहेको पत्रकार विष्णु शर्मा बताए ।

वडा नम्बर ९ मा रहेको कोटिलामा मानव निर्मित तालको डीपीआरको कामका लागि कोटेसन आह्वान गरिएको छ । सत्यदेवीको कोख खसेका कारण कोटिला नाम रहेको कोटिलामा दुल्लु नगरपालिका–११ र नारायण नगरपालिका–९ मा मानव निर्मित ताल निर्माण गरी फेवा तालजस्तै झझल्को दिने ताल निर्माण गर्ने र बाँकी रहेका सम्पदाको संरक्षणका लागि नगर प्रदेश र संघीय सरकारसँग आवश्यक बजेट माग गरी पुनर्निर्माणको काम थाल्ने नगर प्रमुख खड्काले बताए

 

(Visited 18 times, 1 visits today)
Loading comments...