मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार स्थापना

राजधानी समाचारदाता
1 week ago
12/01/2019

काठमाडौं ।  साझा सेवाको संस्थापक सञ्चालक एवं अध्यक्ष स्वर्गीय कमलमणि दीक्षितको स्मृतिमा ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार’को स्थापना भएको छ । हरेक वर्ष वितरण गरिने सो पुरस्कारको राशि नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र रहनेछ । यस वर्षको पुरस्कार नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड ललितपुरले पाएको छ ।

साना किसान कृषि सहकारी संस्थाको छाता संगठनका रूपमा रहेको यस संस्थाले नेपालको सहकारी अभियानमा कृषि क्षेत्रको विकासका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएकाले सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

पुरस्कार वितरण समारोहमा साझा सेवाका अध्यक्ष भीमबहादुर अधिकारीले साझा सेवा सहकारी संस्थाबाट २०२६ सालदेखि सर्वसाधारणमा सर्वसुलभ र विश्वसनीय सेवाबाट साझा सेवाले आफ्नो व्यावसायिक सेवा सर्वसाधारणमा पु¥याउँदै आएको र सहकारीको माध्यमबाट विशिष्ट सेवा पु¥याउने सहकारी संस्थालाई नगद पुरस्कारसहित सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले बहुआयामिक व्यक्तित्वका रूपमा स्थापित स्व.कमलमणि दीक्षितले यस संस्थामा पु¥याएको योगदान र साझा सहकारीमा उनले खेलेको भूमिकाबाट सम्पूर्ण सहकारी क्षेत्रको विकासमा कोसेढुंगा साबित भएको बताए ।

संस्थाका कार्यकारी प्रमुख दिनेश पौडेलले २०४८ सालदेखि सहकारीमा परिणत भई आफ्नो ३४औं साधारण सभा सरकारी तथा गैरसरकारी संघसंस्था मात्र सेयरधनी सदस्य रहेको मुलुकमै यो पहिलो सहकारी भएको जानकारी गराउँदै अनुदानित मल, ग्याँस, सिमेन्ट तथा इन्धनको सर्वसुलभ बिक्री वितरणमा आफ्नो सेवा केन्द्रित गरेको बताए ।

उनले आगामी दिनमा इन्धन ढुवानीको थप सेवा विस्तारका अतिरिक्त विद्युतीय परिवहन चार्जिङ स्टेसनबाट साना ठूला भारवहन क्षमतामा सवारी तथा ढुवानी साधनलाई नमुना चार्जिङ स्टेसनबाट सेवा पु¥याउने लक्ष्यसहित कार्यान्वयनमा लागिपरेको बताए ।

 

 

(Visited 29 times, 1 visits today)