शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

एक्सन प्रधान रणवीरको ट्रेलर

राजधानी समाचारदाता
6 months ago
13/01/2019

 

काठमाडौं। गोविन्दसिंह भण्डारीले निर्देशन गरेको चलचित्र रणवीर १८ माघबाट रिलिज हुँदैछ । यसै क्रममा शुक्रबार राजधानीमा एक समारोहबीच रणवीरको ट्रेलर रिलिज गरिएको छ ।

ट्रेलरमा लभ र एक्सनलाई एउटा मीठो प्याकेजका रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरलाई ओएसआर डिजिटलले रिलिज गरेको हो । यो चलचित्र बेरोजगार युवाको संघर्ष, उसको प्रेममा आरोह–अवरोहसँगै वियोग र प्रेम असफल तुल्याउनेसँगको बदलामा केन्द्रित रहेको ट्रेलरले दर्शाउँछ ।

ट्रेलरमा सशक्त द्वन्द्व देखाइएको छ । नेपाली फिल्ममा अहिलेसम्मकै महँगो द्वन्द्व रणवीरको भएको निर्माण पक्षको दाबी छ । फिल्मका मुख्य कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकारबीचको द्वन्द्वले ट्रेलरमा महŒव पाएको छ । यी दुईले नायिकाहरू शुभेच्छा खड्का र सुपुष्पा भट्टका लागि द्वन्द्व गरेका छन् ।

फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टीका पहाडीलगायतका कलाकारको पनि अभिनय रहेको छ । गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले रणीर बनाएका हुन् । यसअघि गाजा बाजा चलचित्र निर्माण गरिसकेका यी दुई निर्माताले सोही फिल्मको अनुभवको आधारमा भ्रष्टाचारविरुद्ध बेरोजगारीको पीडाको कथामा यो फिल्म निर्माण गरेको बताए । फिल्मको लगानी २ करोडभन्दा माथि रहेको पनि यी दुईले बताए ।

फिल्मको ट्रेलर साहिल खानले तयार गरेका हुन् । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व निर्देशन, रामजी लामिछाने र सुरेन्द्र बसेलको नृत्य निर्देशन छ ।

 

 

(Visited 27 times, 1 visits today)
Loading comments...