मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

किशोर पहाडीले ल्याए रोजा कथाहरू

राजधानी समाचारदाता
2 months ago
13/01/2019

 

काठमाडौं ।  साहित्यकार किशोर पहाडीले आफ्नो नयाँ कथासंग्रह रोजा कथाहरू पाठकमाझ ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच यो पुस्तकका स्रष्टाहरू डा. विष्णुविभु घिमिरे, रमेश प्रसाईं, कृष्ण प्रधान, नारायण तिवारी, छविरमण सिलवाललगायतले विमोचन गरे ।

कार्यक्रममा साहित्यकार महेश प्रसाईंले कथा, लघुकथा, कविता, संस्मरणलगायतका विधामा कलम चलाउँदै आएका पहाडीले यथार्थवादी कथाहरू ल्याएको बताए । प्रमुख अतिथि डा. विष्णुविभु घिमिरेले आफू सानैदेखि पहाडीनजिक रहेको र उनको कथा प्रभावशाली हुने गरेको बताए ।

आफ्ना पूर्वप्रकाशित ६ वटा कथा संग्रहबाट छानिएका राम्रा कथाहरू र थप नयाँ कथा समेटिएकाले पनि संग्रह सशक्त बनेको भनाइ घिमिरेले कार्यक्रममा राखे ।

कृतिकार किशोर पहाडीले लामो समयको अथक परिश्रम र मेहनतपछि यो प्रतिनिधि कथाको संगालो रोजा कथाहरू पाठकमाझ आएको बताए । एक लेखकको लागि पुस्तक प्रकाशित भएको दिन सबैभन्दा खुसीको दिन भएको अनुभव उनले सुनाए ।

प्रकाशक संस्था शिखा बुक्सकी शोभा पौडेलले किशोर पहाडीका कथाहरू आफूले पढ्दै आएको र उनका कथाहरू निकै राम्रा भएकै कारण संग्रह प्रकाशन गरेको बताइन् । २४८ पृष्ठ रहेको यो पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।

(Visited 18 times, 1 visits today)
Loading comments...