शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

शर्मालाई नेतृत्व

राजधानी समाचारदाता
6 months ago
13/01/2019

 

काठमाडौं– मदन भण्डारी स्पोर्ट्स एकेडेमीले शुभ शर्माको अध्यक्षतामा १६ सदस्यीय काठमाडौं क्षेत्र नं. ४ कमिटी शनिबार गठन गरेको छ । उपाध्यक्ष अर्जुन गुरुङ, रुपेश केसी र राजेश श्रेष्ठ, सचिवमा दीपेन्द्र पुडासैनी, सहसचिवमा बाबुराम काफ्ले र कोषाध्यक्षमा एनथोनी खान रहेका छन् । विनोद बुढाथोकी, विनोद प्रजापति, मोहन गुरुङ, जगत लामा, सनिश नेपाली, रोहित ढुंगेल, सुशान लामा, बुलेट छिरिङ शेर्पा र जितेन मगर सदस्यमा चयन भए ।

उनीहरूलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले बधाई दिए ।

(Visited 11 times, 1 visits today)
Loading comments...