मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

बक्सिङ छनोट

राजधानी समाचारदाता
1 week ago
13/01/2019

 

काठमाडौं ।  वीर गणेशमानसिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ५ र ७ को खेलाडी छनोट शनिबार सम्पन्न भएको छ । शुक्रबार प्रदेश ६ को छनोट पूरा भएको थियो । तीनै प्रदेशको छनोट धनगढीमा भएको हो ।

प्रदेश ७ तर्फ पुरुष ६४ केजीमा कैलालीका विक्रम चौधरी, ६९ केजीमा कञ्चनपुरका वसन्तबहादुर सिंह, ७५ केजीमा डडेल्धुराका वीरेन्द्रबहादुर शाही, ८१ केजीमा बाजुराका हिक्मत शाही, ४९ केजीमा कञ्चनपुरका भानु विष्ट, ५२ केजीमा कैलालीका सागर मल्ल, ५६ केजीमा कञ्चनपुरका महेन्द्र चन्द तथा ६० केजीमा कैलालीकै भरत चन्द छनोट भए । यसैसँगै सातै प्रदेशको छनोट सम्पन्न भएको छ । विजेतालाई धनगढी नगरपालिका प्रमुख नृपबहादुर ओड, राष्ट्रिय प्रतियोगिता मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा राष्ट्रिय प्रतियोगिता २२ देखि २६ माघसम्म काठमाडौंमा हुँदै छ ।

(Visited 4 times, 1 visits today)