मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

आर्मी फाइनलमा

राजधानी समाचारदाता
2 months ago
13/01/2019

 

पाँचथर।  विभागीय त्रिभुवन आर्मी क्लब १०औं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको खेल मैदानमा शनिबार भएको सेमिफाइनलमा भारतको रोयल फुटवल क्लब दार्जिलिङलाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि भिडन्तका लागि झापा–११ सँगको भेट पक्का गरेको हो ।

१६औं मिनेटमा राजेश पौडेलको गोलबाट आमीले अग्रता बनाएको थियो । २१औं मिनेटमा रोयलका सिद्धान्त क्षत्रीले बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको अन्तिम मिनेटमा एरिक विष्टले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । अन्तिम मिनेटमा सम्हालिन नसक्दा पाहुना टोली दार्जिलिङको फाइनल पुग्ने सपना अधुरो बन्यो । दार्जिलिङले गोल गर्ने केही राम्रा मभु बनाए पनि गोल गर्न सकेन । पहिलो हाफको अन्तिम मिनेटमा सिद्धान्त क्षत्रीले पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन् । बुद्ध बलले डी–एरियाभित्रबाट गरेको प्रहारले गोलपोस्टको दिशा लिन सकेन ।

(Visited 9 times, 1 visits today)
Loading comments...