मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

जावलाखेल च्याम्पियन

राजधानी समाचारदाता
1 week ago
13/01/2019

 

 

काठमाडौं । जावलाखेल पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा क्रिकेटको ह्वीलचेयरतर्फ शनिबार पहिलो भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जावलाखेलले बीआईएलाई २२ रनले पराजित गर्दै च्याम्पियन बनेका हो ।

जावलाखेलका डिगमसिंह चेम्जोङ ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट ब्याट्सम्यान चुनिए । बीआईएका सुपर राई उत्कृष्ट बलर तथा जावलाखेलका दीपक तिमल्सिना उत्कृष्ट फिल्डर घोषित भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा ह्वीलचेयर क्रिकेट संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको स्टेन्डिङतर्फ नीलो टिमले रातो टिमलाई ५३ रनले हराउँदै पहिलो भयो । नीलोका छविलाल धोबी ‘म्यान अफ द सिरिज’ र उत्कृष्ट बलर ठहरिए । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा ह्वीलचेयर क्रिकेट संघ नेपालले सदस्य सचिव विष्ट र अन्नपूर्ण पोस्टका फोटो पत्रकार विकास कार्कीलाई सम्मान गरेको थियो ।

(Visited 3 times, 1 visits today)