मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

मनमैजु टिम च्याम्पियन

राजधानी समाचारदाता
1 week ago
13/01/2019

काठमाडौं  । मनमैजु डोजोले प्रथम उपत्यकाव्यापी गोदावरी मेयर कप कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

अल नेपाल वादोकाइ कराते संघ तथा आईडब्लूएफ शाखा डोजो ठेचोद्वारा संयुक्त आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । ३ स्वर्ण र ४ रजतसाथ सतुंगल डोजो दोस्रो तथा ३ स्वर्ण र २ रजतसाथ सोतोकान एसकेडियुएन तेस्रो भए ।

प्रतियोगिताको पुरुषमा ठेचोका रिजन महर्जन तथा महिलामा मनमैजुकी पुष्पका लामा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा मनकामनाका यमबहादुर समल तथा महिलामा तोयाकान वादोरियोकी भूमिका राई उदीयमान खेलाडी चुनिए । त्रिलोक डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो ।

(Visited 14 times, 1 visits today)