मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

चीनमाथि नेपालको फराकिलो जित

राजधानी समाचारदाता
2 months ago
13/01/2019

 

काठमाडौं। थाइल्यान्डमा शनिबारदेखि सुरु भएको थाइल्यान्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनमाथि फराकिलो जित निकालेको छ । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डमाथि १० विकेटले फराकिलो जित निकालेको हो ।

थाइल्यान्डस्थित एसिया इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा शनिबार भएको खेलमा चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा भेट्टायो । नेपालको फराकिलो जितमा ओपनर काजल श्रेष्ठ १४ र सीता राना मगर २४ रनमा अविजित रहिन् । सीताले २५ बलमा ३ चौका प्रहार गर्दा काजलले २९ बलमा १ चौका प्रहार गरिन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चीनले निर्धारत २० ओभर ६ विकेट गुमाएर ४८ रनको सामान्य योगफल तयार पारेको थियो । चीनका झाङ चानले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंकमा रन बटुल्न सकेन । वाङ लुवान्याउ ८, झाङ हान लिन र ली होयो समान ७–७ रन बनाइन् । लिउ पिन ४ रनमा नटआउट रहँदा हन लिली ३ रनमा पेभेलियन फर्किइन् । करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिँदा नेरी थापाले ४ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै, सीता राना मगरले १ विकेट आफ्नो नाममा लेखाइन् । समूह ‘ए’ मा रहेको नेपालले आइतबार मलेसियासँग खेल्ने तालिका छ ।

 

 

 

(Visited 30 times, 1 visits today)
Loading comments...