शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

क्यासिनो सञ्चालक बक्यौता नबुझाई उम्कन पाउँदैनन्

मधुजंग पाण्डे
2 months ago
14/01/2019

डण्डुराज घिमिरे, महानिर्देशक, पर्यटन विभाग

विगत सात महिनादेखि पर्यटन विभागको जिम्मेवारी सम्हाल्दै आएका महानिर्देशक डण्डुराज घिमिरेले छोटो समयमा मुलुकको पर्यटन उद्योगको प्रवद्र्धनमा उदाहरणीय काम प्रस्तुत गर्न सफल भएका छन् । यसअघि धेरै लामो समयदेखि उठाउन नसकेको क्यासिनो रोयल्टी संकलन कार्यलाई तीव्रता दिनेदेखि पर्यटक उद्धारका नाममा भइरहेका अवैध धन्दा नियन्त्रण गरी पर्वतीय पर्यटन क्षेत्रभित्रका विविध समस्या समाधान गर्दै सुधारका लागि उनले प्रशंसनीय कामको थालनी पनि गरिसकेका छन् । मुलुकको पर्यटन उद्योगलाई थप व्यवस्थित र मर्यादित बनाउन उनले यस क्षेत्रमा भएका पुराना कानुन परिमार्जन गर्न आफूले सक्दो प्रयास गरिरहेका छन् ।

गत ५ असारमा यस विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्न आइपुगेका घिमिरे दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा जन्मिएका हुन् । गत भदौबाट सरकारले ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि–२०७५’ जारी गरी यस विभागको अनुमतिबिना साहसिक पर्यटनको क्रियाकलाप गर्न÷गराउन नपाउने नियम ल्याएको छ । अहिले सो कार्यविधि कार्यान्वयनको अवस्थालगायत मुलुकको पर्यटन क्षेत्रले भोग्नुपरेका अनेकौं चुनौती एवं पर्यटन पूर्वाधार विस्तारका लागि भएका सुधारात्मक कार्य र भावी योजनाबारे राजधानीका लागि मधुजंग पाण्डेले महानिर्देशक घिमिरेसँग गरेको कुराकानीको सारसंक्षेप : 

 

हाल यस विभागबाट के कस्ता काम भइरहेका छन् त ?

अहिले यस विभागबाट धेरै काम भइरहेका छन् । यहाँबाट ट्रेकिङ, ट्राभल एजेन्सीलाई इजाजतपत्र वितरण गर्ने, नवीकरण गर्ने, नियमन गर्ने, होटल सञ्चालनका लागि इजाजत दिने, वर्गीकरण गर्ने, विभिन्न हिमाल आरोहणका लागि पर्वतारोहीलाई आरोहण अनुमति दिने, नियमन गर्ने, हिमाल व्यवस्थापन गर्ने, क्यासिनोलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनअनुसार क्यासिनो सञ्चालनसम्बन्धी प्रारम्भिक कार्य सम्पादन गर्नेलगायतका काम रहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित मुलुकभरका विभिन्न हिमाल आरोहण गर्नका लागि आरोहण अनुमति दिने, आरोहणमा जाने आरोहीको विवरण राखी आरोहण व्यवस्थापन गर्ने, सबै हिमाल र पिकहरूको उचित व्यवस्थापन गरी व्यवस्थित बनाउनेलगायतको काम यस विभागबाट हुँदै आएको छ । यसैगरी, पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी दर्ता र नवीकरणजस्ता नियमित काम गर्दै आएको छ । रजिस्ट्रेसन दस्तुर, क्यासिनो रोयल्टी, पर्वतारोहण तथा पदयात्रा शुल्क उठाउने एवं अन्य प्रशासनिक काम गर्दै आएको छ ।

हिमाल आरोहणमा जानेहरूको अवस्था कस्तो छ ?

विगतका वर्षहरूको तुलनामा अहिले स्वदेशी तथा विदेशी आरोहीहरूबीच विभिन्न हिमाल आरोहणमा जाने क्रम बढ्दो छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत आरोहण खुला भएका हिमाल आरोहणका लागि वर्षकै सबैभन्दा अनुकूल समय वसन्त ऋतुमा मात्र नभएर अहिले शरद ऋतुमा समेत पहिलेभन्दा बढीले आरोहण गरेका छन् । यस वर्षको शरद ऋतुमा आरोहण खुला भएका कुल ५५ वटा हिमालका लागि १७२ दलका १ हजार ३९८ जना सदस्यले आरोहणका लागि यस विभागबाट अनुमतिपत्र लिएका थिए । जसमा ४ लाख ६६ हजार ४५० अमेरिकी डलर रोयल्टी उठेको छ । गत वसन्त ऋतुमा पनि सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न जानेहरूको संख्या बढेको थियो ।

क्यासिनो नियमावली, २०७० आउनुपूर्व सञ्चालित क्यासिनो सञ्चालन तथा इजाजत लिएका होटलले सरकारलाई बुझाउनुपर्ने १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी तिरेका थिएनन् नि ? त्यो रकम उठाइदिन गत भदौमा विभागले महालेखा नियन्त्रकको कार्यालयअन्तर्गतको कुमारी चोक तथा तहसिल कार्यालयमा आग्रहको परिपत्र गरेको थियो । अहिले के भएको छ ?

हो अहिले क्यासिनो नियमावली, २०७० आउनुपूर्व सञ्चालित क्यासिनो सञ्चालन तथा इजाजत लिएका होटलले सरकारलाई बुझाउनुपर्ने पुराना बक्यौता रकम धमाधम उठिरहेको अवस्था छ । पहिले अटेर गर्नेहरूले पनि अहिले विस्तारै बक्यौता रकम बुझाइरहेका छन । विभागले क्यासिनो रोयल्टी संकलनबाट मात्रै गत आर्थिक वर्षमा ६६ करोड रुपैयाँ उठाएको छ । यस वर्ष विभागका तर्फबाट ९० करोड राजस्व उठाइएको छ । काठमाडौंको मल्ल होटलमा सञ्चालित क्यासिनोबाट १ अर्ब १० करोड राजस्व उठेको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा करिब ४६ करोड राजस्व उठेको अवस्था छ । जसका कारण गत आवमा क्यासिनो राजस्व संकलनमा मात्रै ४६ प्रतिशतले वृद्धि भएको थियो । विभागले अघिल्लो आवमा क्यासिनो रोयल्टीबाट २२ करोड ६ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । यो नै विभागको राजस्व संकलनमा ठूलो सफलता हो भन्ने मलाई लागेको छ । विभागले हरेक वर्ष क्यासिनो रोयल्टीबापत राजस्व संकलन बढाए पनि केही क्यासिनोसँग भने रोयल्टीबापतको रकम उठाउन सकेको अवस्था थिएन । आव २०७१÷७२ देखि गत आव २०७४÷७५ सम्म विभिन्न तारे होटेल र विभिन्न चारवटा क्यासिनोले सरकारलाई बुझाउनुपर्ने साढे ३६ करोड ६५ लाख रुपैयाँभन्दा बढी रोयल्टी तिरेका थिएनन् । अहिले विभागको पहलमा बक्यौता रकम धमाधम उठिरहेको छ । तिर्न नखोज्नेहरूमाथि बारम्बार पत्राचार गरेपछि अहिले उनीहरू आफैं आएर बाँकी बक्यौता रकम बुझाइरहेको अवस्था छ । कुमारी चोक तथा तहसिल कार्यालयमा पुगेको र अदालतमा पुगेको क्यासिनोको बाँकी बक्यौता रकम पनि अहिले धमाधम उठाउने क्रममा विभाग लागिपरेको छ ।

 

 

फर्जी उद्धारका नाममा हुने विकृति नियन्त्रणका लागि मेरो संयोजकत्वमा गठन भएको कार्यविधि गत १ सेप्टेम्बरबाट नै लागू भएको छ । अहिले यो कार्यविधि कार्यान्वयनमा आएको छ । सोही कार्यविधिअनुरूप अहिले पर्यटक उद्धारका लागि कतिसम्म शुल्क उठाउन पाउने भन्ने नया“ रेट निर्धारण गरिएको छडण्डुराज घिमिरे, महानिर्देशक, पर्यटन विभाग

 

 

 

यस विभागले गत भदौमा मन्त्रालयमा पेस गरेको रिपोर्टमा ¥याड क्यासिनो, ह्याप्पी हावर, रक मिनी क्यासिनो र होटल याक एन्ड यतीमा सञ्चालित गिल्ट क्यासिनोले बुझाउन नसकेको बक्यौताको अवस्था कस्तो छ ?

हो त्यसबेला विभागले मन्त्रालयमा पेस गरेको रिपोर्टमा सबैभन्दा बढी ह्याप्पी हावर प्रालिको बाँकी बक्यौता १४ करोड ७७ लाख ३५ हजार ५ सय रुपैयाँ थियो । त्यो रकम आर्थिक वर्ष २०७१÷७२ देखि गत आवसम्मको थियो । यसैगरी, गिल्ट क्यासिनोले पनि सरकारलाई ११ करोड ४२ लाख ६५ हजार रुपैयाँभन्दा बढी रोयल्टी तिर्न बाँकी थियो । चार वर्षदेखि जुवा खेलाउँदै आएको अर्को रक क्यासिनोले पनि सरकारलाई २ करोड ८७ लाख ४५ हजार ५३८ रुपैयाँ रोयल्टी बुझाएको थिएन । त्यसैगरी, होटल ‍¥याडिसनमा सञ्चालित ‍¥यार्ड क्यासिनाले पनि सरकारलाई बुझाउनुपर्ने ७ करोड ५१ लाख ३२ हजार ८४८ रुपैयाँ रोयल्टी नतिरी क्यासिनो सञ्चालन गर्दै आएको थियो । अहिले यो पुरानो बक्यौता धमाधम उठिरहेको छ भने केहीलाई सकेसम्म छिटो बुझाउन दबाब दिइरहेका छौं । यसअघि पनि क्यासिनो नियमावली,२०७० आउनुभन्दा पहिले जुवा खेलाउँदै आएका क्यासिनो सञ्चालक तथा लाइसेन्स लिएका होटलले सरकारलाई १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रोयल्टी तिरेका थिएनन् । त्यो बक्यौता रकम उठाइदिन आग्रह गर्दै गत भदौमा यस विभागले महालेखा नियन्त्रक कार्यालयअन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा परिपत्र गरेको थियो । सोही परिपत्रपछि अहिले धमाधम बक्यौता रकम बुझाइरहेका छन् । अहिले यीमध्ये धेरैले क्यासिनो सञ्चालनबापत सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम बाँकी नराखेको हुनुपर्ने । अहिले मलाई यसबारे सबै जानकारी आइसकेको छैन । म जानकारी लिने क्रममा नै छु ।

 

पर्यटक उद्धारका नाममा हुने फर्जी उद्धारलगायतका विकृतिको अनुगमन र नियमन र नियन्त्रणको जिम्मा यस विभागले नै पाएको छ । अहिले यस्तो कार्य नियन्त्रणमा विभागले के कस्ता काम गर्दै छ त ?

यस्ता विकृति नियन्त्रणका लागि यस विभागले धेरै काम गरिसकेको अवस्था छ । फर्जी उद्धारको बारेमा अध्ययन गर्न मन्त्रालयले छानबिन समिति नै बनाएको छ । अहिले सो समितिले प्रतिवेदन बुझाइसकेको अवस्था छ । त्यो प्रतिवेदनकै आधारमा सम्बन्धित निकायहरूलाई यस विभागबाट कानुनी कारबाहीका लागि लेखेर पठाइएको छ । फर्जी उद्धारका नाममा हुने विकृति नियन्त्रणका लागि मेरो संयोजकत्वमा गठन भएको कार्यविधि गत १ सेप्टेम्बरबाट नै लागू भएको छ । अहिले यो कार्यविधि कार्यान्वयनमा आएको अवस्था छ । गत भदौबाट सरकारले ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधी,२०७५’ जारी गरि यस विभागको अनुमतिबिना साहसिक पर्यटनको क्रियाकलाप गर्न÷गराउन नपाउने नियम ल्याएको हो । सोही कार्यविधि अनुरूप अहिले पर्यटक उद्धारका लागि कतिसम्म शुल्क उठाउन पाउने भन्ने नयाँ रेट निर्धारण गरिएको छ । जसका लागि छुट्टै अनुगमन समिति गठन गरिएको छ । त्यो रेटका बारेमा सबै जानकारी मन्त्रालयको वेभसाइटमा राखिएको छ । अहिले सोहीअनुसार गर्न र गराउन भनेर यस विभागले सम्बन्धित सरोकारवालालाई परिपत्र गरेको अवस्था छ । यो मौससमा १७५ जनालाई उद्धार गरिएको हामीले जानकारी पाएका छौं । अहिले पहिलेको जस्तो फर्जी उद्धारका काम निकै घटेका छन् ।

पर्यटनको प्रतिफल स्थानीय तहसम्म पु¥याउन के कस्ता काम भइरहेका छन् ?

पर्यटनको सन्दर्भमा कुरा गर्दा पर्यटन विकासका लागि नेपालको सम्भावनाका बारेमा संसारका कुनै मुलुकसँग तुलना गर्न सकिँदैन । नेपालमा यति धेरै पर्यटकीय गन्तव्य स्थल र वस्तु छन् । यहाँको पर्यटन गाउँ केन्द्रित छ । नेपालको पर्यटन सहर केन्द्रित होइन, सरकारको नीति तथा कार्यक्रम पनि गाउँ केन्द्रित नै छ । जसको प्रत्यक्ष अनुभूति गाउँमा पुगेपछि सजिलै देखिन्छ । सरकारले प्रस्तुत गरेको चालू आर्थिक वर्षको बजेट पनि त्यही किसिमले विनियोजन भएको छ । साहसिक पर्यटन पदयात्रा भ्रमण, हिमाल आरोहण, क्यानोनिङ, ¥याफ्टिङ, हनी हन्टिङलगायतका पर्यटकलाई आनन्द दिने गतिविधि पनि गाउँ केन्द्रित नै छ । त्यसैले, सरकारले पर्यटन प्रवद्र्धनको केन्द्र गाउँलाई नै बनाएको छ । कसरी दुर्गम गाउँका नागरिकलाई पर्यटनबाट प्राप्त प्रतिफलको केही हिस्सा दिन सकिन्छ भनेर सरकारले स्थानीय उत्पादनको प्रवद्र्धन गरी घरवास पर्यटन (होमस्टे)लाई प्राथमिकताका साथ अघि सारेको छ । यसैगरी, ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले उच्च हिमाली भेगमा भएका साहसिक पर्वतीय पर्यटनको विकासलाई पनि जोड दिएको छ । स्थानीय संस्कृति र विविध जातजातिका परम्परागत संस्कारलाई पनि पर्यटक आकर्षणको माध्यम बनाउन सरकार क्रियाशील छ । यहाँका सबै हिमाली क्षेत्रमा ग्रामीण पर्यटनको प्रशस्त सम्भावना छ । यदि, अहिलेसम्म सगरमाथा चढ्ने प्रयास कसैबाट नभएको भए अहिले सगरमाथा विश्वको सर्वोच्च शिखर भनेर संसारका आरोहीबीच को पहिला चढ्ने र कसले नयाँ कीर्तिमानीको रेकर्ड राख्ने ? भन्ने होड नै चल्ने थिएन । नेपालका ७७ वटै जिल्लाका हरेक गाउँ, टोलमा पर्यटनको सम्भावना छ । सरकारले त्यहाँको पूर्वाधार विस्तारका लागि खर्च गरेर स्थानीय उत्पादनको प्रवद्र्धन गरी देशका हरेक कुना काप्चाका मान्छेलाई पर्यटनको प्रतिफल दिलाउने लक्ष्य लिएको छ ।

पर्यटनको प्रतिफल गाउँमा पु¥याउने माध्यम के त ?

नेपाल भ्रमणका लागि विभिन्न मुलुकबाट आएका पर्यटकले यहाँ बस्दा खर्च गरेको आम्दानीको केही प्रतिशत हिस्सा दुर्गम गाउँसम्म पु¥याउने सबैभन्दा सजिलो माध्यम घरवास पर्यटन (होमस्टे) र हिमाल आरोहण एवं पदयात्रा भ्रमण नै हो । यस्ता गतिविधिका माध्यमबाट हरेक स्थानीय तहका बासिन्दाले आफ्ना उत्पादन बिक्री गरी पर्यटकले डलरमा खर्च गरेको रकमको केही प्रतिशत सजिलै प्राप्त गर्न सक्छन् । जसले स्थानीवासीको आर्थिक आयआर्जनमा निकै मद्दत पुग्छ । यसलाई नै सरकारले पर्यटनको प्रतिफल मुलुकका हरेक गाउँगाउँसम्म पु¥याउने भनेको हो । सगरमाथा, जनकपुर, मेची र महाकालीलगायत अन्य पर्यटकीय गन्तव्यमा भएका गाउँका पुराना बस्तीलाई पर्यटक बस्न लायक बनाएर होमस्टे सञ्चालन गर्न सकिन्छ । अहिले नेपालका सबै गाउँ होमस्टे हुन सक्छन् । सरकारको मान्यता पनि त्यही हो । हामीले पर्यटन विकासको रणनीति तयार पारेका छौं । यसले पनि होमस्टे पर्यटनलाई विशेष महŒव दिएको छ । अब, सरकारले यहाँका हरेक गाउँलाई घरवास पर्यटन प्रवद्र्धनको अवधारणाअनुसार अघि बढाउँछ । यहाँ भएका १२४ वटा जनजाति र १२५ भाषा बोल्ने समुदायलाई समेटर मुलुकको पर्यटन विकासका लागि अघि बढ्नुपर्नेछ । अहिले सरकार सोही काममा लागिरहेको छ ।

 

(Visited 41 times, 1 visits today)
Loading comments...