बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

माथिल्लो तामाकोशीको शेयर ५० प्रतिशतले कारोवार रद्द

राजधानी समाचारदाता
5 months ago
14/01/2019

 

काठमाडौ । नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै तामाकोशीका् शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिए ।

आज बजार खुल्ने बित्तिकै दुई लाख ४३ हजार कित्ता शेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको सङ्ख्या बढेपनि बिक्री गर्न चाहने भने एक जना पनि देखिएको थिएन ।

आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोवार सुरु भएको थियो । स्टकले सुरुआती चरणमा प्रतिकित्ता २२४ रुपैयाँ सम्मको सीमा निर्धारण गरेको थियो । आज बजार खुल्ने बित्तिकै दुई लाख ४३ हजार कित्ता शेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको सङ्ख्या बढेपनि बिक्री गर्न चाहने भने एक जना पनि देखिएको थिएन ।

नियमानुसार कुनै कम्पनीको शेयर मूल्यमा १० प्रतिशत भन्दा बढीले कमी आउँदा वा बढ्दा ‘सर्किट ब्रेक’ लगाउने गरिन्छ । यसको अर्थ १० प्रतिशतभन्दा बढीले कमी हुँदा वा बढी हुँदा सेयर कारोवार हुनुहुँदैन । तर प्राविधिक समस्याका कारण माथिल्लो तामाकोशीको शेयरमा उच्च अङ्कले वृद्धि हुन पुग्यो । बजार खुल्दा सो कम्पनीको शेयर ११२ रुपैयाँले वृद्धि भई ३३६ पुगेको थियो । स्टकले भने सीमाभन्दा बाहिर गएर भएको कारोवार रद्द भएको जनाएको छ ।

(Visited 98 times, 1 visits today)
Loading comments...