मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

मन्त्रीद्वारा कुटिएका सचिव झा अस्पताल भर्ना

2 months ago
14/01/2019

काठमाडौ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवको कुटपीटवाट घाईते भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।

आईतवार दिउसो मन्त्रिको कार्यकक्षमा कुटाई खाएका सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका छन्।

झा परिवारका सदस्यले दिएको जानकारी अनुसार झाको मुख सुन्निएको छ भने दाँया हातमा चोट लागेको छ । झाकी श्रीमती अनामिकाले झाले अस्पतालमा उपचार भइरहेको तस्विर फेशबुकमा राख्दै लेखेकी छिन् ‘यसरि प्रदेश नं २ का सचिव विद्यानाथ झालाई कुटेर हस्पिटलमा भर्ना गरियो ।’

आफ्नो अनुकुलको एनजीओलाई कार्यक्रम नपारेको भन्दै सचिव झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।

(Visited 153 times, 1 visits today)
Loading comments...