बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

शैक्षिक भम्रण गएकी बालिका चार दिनदेखि वेपत्ता

केशवराज पौडेल
1 week ago
14/01/2019

काभ्रेपलाञ्चोक । शैक्षिक भ्रमणमा गएकी ११ बर्षिय बालिका भक्तपुरवाट हराएकी छिन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ गैराथोक घर भएकी सुनमाया तामाङ्ग उमासह शिक्षालय माध्यामिक विद्यालयमा कक्षा पाँचमा अध्ययरत छिन् ।

कक्षा ५ मा अध्ययनरत ११ वर्षीय बालिका गएको पुस २७ देखि भक्तपुरबाट हराएको विद्यालयले जनाएको छ ।
विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणमा भक्तपुर गएकी बालिका भक्तपुर दरबार स्क्वायर अवलोकन गर्ने क्रममा हराएको विद्यालयले जनाएको छ ।

सबै मिलेर चारदिनदेखि खोजिगर्दा समेत उनको पत्ता लाग्न सकेको छैन विद्यालयका प्रधानाध्पक सालिकराम श्रेष्ठले भने । ‘हामीले सम्भावित सबै ठाउँमा खोजी सक्यौं, प्रहरी चौकीमा पनि जानकारी गराएका छौं तर पनि पत्ता लागेकै छैन ।’

(Visited 150 times, 1 visits today)