सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

गरिब र जेष्ठ नागरिकलाई कम्बल बितरण

सीपी लोहिया
6 months ago
14/01/2019

बैतडी।   बैतडीको पञ्चेश्वर गाँउपालिकाले ६ वटै वडामा कम्बल वितरण कार्यक्रम सञ्चालन गरेको छ । ६ वटै वडा भित्र रहेका गरिब, बिपन्न, असहाय, जेष्ठ नागरिक र टुहुरा बालबालिका हरुलाई हिउदेयामको चिसोेबाट जोगाउन कम्बल वितरण कार्यक्रम सञ्चालन गरेको हो । चालु अर्थिक वर्षको ज्येष्ट नागरिक सम्मान कार्यक्रमका लागि १ लाख बजेट विनियोजन गरेकाले सो बजेटमा गाँउपालिकाको चालु खर्चबाट थपेर गाँउपालिका भित्ररहेका अशक्त व्यक्तीहरुलाई कम्बल वितरण गरेको गाँउपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले जानकारि दिए । वडा नं १ मा ६५, वडा न.३ मा ६०, वडा न. ५ मा ५१ र वडा नं ६ मा ४९ गरि जम्मा २ सय २५ कम्बल वितरण गरिसकेको गाँउपालिकाका प्रवक्ता दशरथसिंह मङगोलाले बताए । यस्तै वडा न २मा ४०तथा वडा न.४मा ७० कम्बल २,३दिनमै बितरण गरिने उनले बताए ।

यस्तै जिल्लाको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले पनि वडाका २५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । ८० बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष रनबहादुर बोहराले बताए । वडा कार्यालयले जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्नका लागि ५० हजार बजेट विनियोजन गरेको र सोही कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको उनले बताए । चिसोको समयमा कम्बल प्राप्त भएपछि वडा नम्बर २ का जेष्ठ नागरिक खुसी पनि भएका छन् । वडा कार्यालयले जेष्ठ नागरिकको सम्मान गरेको स्थानीय हरिसिंह बोहराले बताए । उनले भने, बुढेसकालमा सरकारले न्यानो कम्बल दिएको छ, अहिले सम्म यसरी ओड्ने कम्बल कुनै निकायले दिएको थिएन् अहिले वडाबाट पाइयो हामी खुसिछौँ बोहराले भने, । वडा कार्यालयबाट बिना पैषा न्यानो कम्बल पाएकोमा ८३ बर्षीय सञ्जा बोहराले पनि खुसी ब्यक्त गरिन् ।

 

(Visited 29 times, 1 visits today)
Loading comments...