मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

नेपाललाई फसाउने षडयन्त्र भइरहेको छ : बिजुक्छे

राजधानी समाचारदाता
2 months ago
14/01/2019

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विभिन्न बहानामा नेपाललाई फसाउने षडयन्त्र भइरहेको बताएका छन् ।

देकाचामा भक्तपुर नगरपालिकाको चौथो नगरसभामा उनले नेपाललाई फसाउने षडयन्त्रप्रति सरकार सचेत हुनुपर्ने बताए ।

यसैबीच भक्तपुर नगरपालिकाले आव २०७५/७६ को साउनदेखि मंसिरसम्म आन्तरिकतर्फ १७ करोड ९७ लाख ५९ हजार राजश्व संकलन गरेको छ ।

नगरसभामा नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आव २०७४/७५ को सोही अवधिमा १३ करोड ९९ लाख ४३ हजार राजश्व संकलन गरेकामा चालू आवमा २८.४५ प्रतिशतले राजश्व वृद्धि भएको जानकारी दिए ।

नगरपालिकाले आव २०७५/७६ मा ४१ नगरस्तरीय योजनाका लागि ३६ करोड ५१ लाख २३ हजार रकम विनियोजन गरेकामा ५० प्रतिशतसम्म निर्माण सम्पन्न भएको जनाएको छ ।

त्यस्तै क्रमागत योजनामा रु १६ करोड २३ लाखको योजनामध्ये भौतिक पूर्वाधार विकासतर्फ २० र सम्पदातर्फ १३ योजना सम्पन्न भएको छ ।

(Visited 192 times, 1 visits today)
Loading comments...