मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

मानवअधिकार आयोग सदस्य मोहना अन्सारी र सुदीप पाठकमाथि ‘कारबाही’, जिम्मेवारी पनि खोसियो

राजधानी समाचारदाता
3 months ago
21/01/2019

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका दुई सदस्यमाथि गम्भीर आरोप लगाउँदै जिम्मेवारी खोसिएको छ । आयोग सदस्य सदस्य मोहना अन्सारी र सुदीप पाठकको जिम्मेवारी खोसिएको हो । अन्सारी आयोग प्रवक्ता र पाठक संरक्षण र अनुसन्धान विभागको जिम्मेवारीमा थिए ।

मानवअधिकार आयोगको प्रवक्ताको जिम्मेवारी हाललाई आयोग सचिव वेदप्रसाद भट्टराईलाई दिइएको छ । पाठकले लिँदै आएको जिम्मेवारी अर्का सदस्य गोविन्द शर्मा पौडेललाई दिइएको छ ।

स्रोतका अनुसार, अन्सारी र पाठकको कार्यशैलीप्रति अध्यक्ष अनुपराज शर्मा असन्तुष्ट रहँदै आएका थिए । उनकै विशेष निर्देशनमा दुबैको जिम्मेवारी खोसिएको हो ।

अन्सारीमाथि मानव अधिकार आयोगको प्रवक्ताको जिम्मेवारी भन्दा गैरसरकारी मिसनको अभियन्ता बनेको आरोप लाग्दै आएको थियो । प्रवक्ता भएपनि आयोगको सही सूचना सम्प्रेषण नगरेको र व्यक्तिगत विचारहरुलाई आयोगको आधिकारिक धारणाका रुपमा सञ्चारमाध्यममा प्रकाशन प्रसारण गरेकाले अध्यक्ष शर्मा उनीसँग असन्तुष्ट रहँदै आएका थिए ।

त्यस्तै आयोगका अर्का सदस्य पाठकले अनुसन्धानका क्रममा धेरै नै गडबडी गरेको आयोग स्रोतको दाबी छ ।

(Visited 187 times, 1 visits today)
Loading comments...