राजधानी समाचारदाता
4 weeks ago
0
दोहा कतार । “ “नेपालीकुङ रोस रेवसके जिवाकीङ ड फोसाकीङ, मगरकुङ ( बाङ्छ) मोइरेवश “माघ्या सकराटी २०७५” के मज्जुङखाटा सेछ खासिङ ) भन्ने नाराका साथ पबित्र नारा बोकेको नेपाल मगर संघ शाखा कतारले नेपाली चाड तथा मगरहरुको राष्ट्रिय प्रमुख साँस्कृतिक चाड माघ्य सकराटी अंग्रेजी नया बर्ष २०१९ सालको अवसर पारेर भव्यताका साथ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
दोहाबाट झन्डै १०० किलोमिटर टाढा रहेको अलसमाल गार्डेनमा नेपाल मगर संघ कतारका अध्यक्ष शेर बहादुर रोका मगरको अध्यक्षतामा सम्पन भएको सो कार्यक्रम रोजगारीका सिलशिलामा नेपालबाट कतार आएका मगर दाजुभाइ तथा दिदीबहिनी हरुलाई संगठित गरी आपसी माया , प्रेम र सदभाब अभिवृद्धिका लागी आयोजना गरीएको हो । सो कार्यक्रममा मगर तथा गैह्र मगरहरुको उपस्थिति थियो। कार्यक्रममा प्रमुख अतिथी नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय सचिब राष्ट्रिय गायक/मोडल डोलराज बाह्रघरे मगर थिए।
त्यस्तै लोकदोहोरी गायिका रन्जिता थापा मगर लगायत थुप्रै स्थानीय कलाकारहरुले रमाइला रमाइला सांगीतिक प्रस्तुतिहरु थिए । कार्यक्रममा मनोरन्जनात्मक खेलकुद कार्यक्रम पनि संचालन गरिएको थियो जसमा प्रचलित खेल म्युजिकल कुर्चि चाल र डोरि तान्ने लगायत खेलले कार्यक्रमलाई रोचक बनाएको थियो। झन्डै ७०० को संख्यामा उपस्थीत सो कार्यक्रम संस्थाको बृहत कार्यक्रम कतारमा स्थापित बैचारिक , जिल्ला, प्रदेश सामाजिक जिल्ला, धार्मिक जातिय संस्था,कलाकार पत्रकार समाजसेवी , बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित बिशेष अतिथी, अतिथि सम्पूर्ण संघ संस्थाबाट गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका द्दितिय उपाध्यक्ष सुदर्शन भट्टले माघे संक्रन्ति पर्बको शुभकामना सहित कार्यक्रमको सफलताको शुभा कामना मन्तब्य दिएका थिए ।
कार्यक्रमको सहजीकरण नेपाल मगर संघ शाखा कतारका महासचिव बिजय कुमार थापाले गरेका थिए। उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष अभिमत पुन मगरले उपस्तिथि सबैलाई स्वागत मन्तब्य राखेका थिए। कार्यक्रमको अन्तमा अध्यक्ष शेर बहादुर रोका मगरले कार्यक्रमलाई भब्य र सफल बनाउन कतारमा स्थापित विभिन्न संघ सस्था, कलाकार समाजसेबि पत्रकार मगर संघ कतार परिवार लगायत शुभचिन्तकहरु सबैलाई एकमुस्ट हार्दिक धन्यवाद दिदै माघ्या सकराटी शुभभकामना सहित कार्यक्रमको समापन गरेका थिए।