सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

सोह्रौं सशस्त्र प्रहरी दिवस : को को भए पुरस्कृत ? के के भए घोषणा ?

3 years ago
27/10/2016
????????????????????????????????????
राजधानी समाचारदाता

काठमाडौं, ११ कात्तिक

सोह्रौं सशस्त्र प्रहरी दिवस २०७३ को पुनित अवसरमा कार्तिक ११ गते विहान सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा प्रभातकालीन विशेष समारोहको आयोजना गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा अमर सशस्त्र प्रहरी लगायत सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा पु¥याएको त्याग, बलिदान, साहस अनि कर्तव्यपरायणताको स्मरण गर्नुहुँदै अमर सशस्त्र प्रहरीको दिवंगत आत्माको चिरशान्तिको कामना तथा विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।

प्रभातकालिन विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राईले अमर सशस्त्र प्रहरीको स्मृति बाटिकामा रित चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । यसैगरी सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरु लगायत बलका सकल दर्जाका राष्ट्रसेवकहरुले पुष्पगुच्छा अर्पण गरी अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

????????????????????????????????????
त्यसैअवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक लगायत अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शीला राई एवं संघका पदाधिकारीहरु तथा कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानका पदाधिकारीहरु लगाएतका महानुभावहरुले पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि तथा गृहसचिव लोकदर्शन रेग्मीले सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश बाचन गरिएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा ‘वर्ष जवान–२०७३’ घोषित भएका वर्षभरिमा सर्वोत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी जवान कृष्णबहादुर तामाङ्गलाई पुरस्कृत गर्नुका साथै ‘वर्ष जवान’ को ट्याग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बलमा २०७० सालबाट ‘वर्ष जवान’ घोषणा गर्ने परम्पराको थालनी भएको हो । ‘वर्ष जवान’ घोषित सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार नगदका साथै निजको एक जना सन्ततीलाई १२ कक्षा अध्ययन गरुञ्जेलसम्म छात्रबृत्ती प्रदान गर्ने तथा एफपीयु मिसनमा अवसर लगायतका सुविधाहरुको व्यवस्था सशस्त्र प्रहरी बलले गरेको छ ।

????????????????????????????????????
यसैगरी अमर सशस्त्र प्रहरीका ३१ जना सन्ततीलाई सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले छात्रबृत्ति स्वरुप जनही २४ हजार रुपैयाँको दरले प्रदान गर्नुभयो । यसका साथै चितवनको दारेचोक घोप्टेभिरस्थित त्रिशुली नदीमा सवारी दुर्घटनामा परी पूर्व गृहमन्त्री माधव घिमिरेसँगै निधन भएका उहाँका अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक स्व.रामचन्द्र कार्कीका परिवारलाई सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गणबाट प्राप्त २ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको थियो । 

उहाँले त्यसैअवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यगर्ने १६ जना एपीएफ अधिकृत तथा जवानहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै गएकोे प्रवेशिका परिक्षामा उत्तिर्ण हुने बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततीहरु मध्ये सर्वोत्कृष्ट अंक ल्याउने ३३ जनालाई छात्रबृत्ति स्वरुप जनही १०/१० हजार रुपैयाँ तथा प्रसंसापत्र प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले यसवर्ष सर्वोत्कृष्ट हुन सफल गुल्म सशस्त्र प्रहरी बल खप्तड गुल्म अछामका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक राधेश्याम धिमाल तथा सर्वोत्कृष्ट बोर्डर आउट पोष्ट औला पर्साका सशस्त्र प्रहरी निरीक्षक सुरेश लामालाई रनिङ अवार्ड प्रदान गर्नुभयो । सोही अवसरमा यस वर्ष उत्कृष्ट हुन सफल गण, सीमा सुरक्षा कार्यालय, गुल्म, बोर्डर आउट पोष्टका पूर्व पतिहरुलाई प्रसंसापत्र प्रदान गरिएको थियो ।

सोह अवसरमा सशस्त्र प्रहरी बललाई विभिन्न ढंगले सहयोग पु¥याउने ८ जना महानुभावहरुलाई कदरपत्र प्रदान गरिएको थियो । यसैगरी सोही समारोहमा बार्षिक चाँदमारी प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने सशस्त्र प्रहरी कर्मचारीहरु, सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद विद्यामा विजयी हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो । सोही अवसरमा विभिन्न मितिमा अनिवार्य अवकाश प्राप्त गर्नुभएका सशस्त्र प्रहरी अधिकृतहरुलाई मायाको चिनो प्रदान गरी हार्दिक विदाई गरिएको थियो ।

यसैगरी आर्थिक अभावका कारण उपचारमा कठिनाई भएका २ जना सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी परिवार महिला संघकोतर्फबाट प्रदान गरिएको जनही २५ हजार रुपैयाँ संघकी केन्द्रीय अध्यक्ष श्रीमती शिला राईले प्रदान गर्नुभयो । साथै सोही अवसरमा तीन जना सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी महानिरीक्षक राईले सहायता रकम उपलब्ध गराउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलका सकल दर्जाका राष्ट्रसेवकहरुलाई शुभकामना सन्देश दिनुहुँदै संगठनले आजसम्मको दिनमा प्राप्त गरेको उपलब्धीको रक्षा गर्दै आगामी दिनहरुमा समेत संगठनलाई अझ प्रभावकारी तुल्याउँदै जनताको मनमस्तिष्कमा अमिट छाप छोड्ने तुल्याउन सवै आवद्ध राष्ट्रसेवकहरु अझ बढि उत्साहका साथ कर्तव्य पथमा निरन्तर लागिरहन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो–‘सुरक्षा स्थिति आफैमा देश, काल र परिस्थिति अनुसार फेरबदल भईरहने विषय हो जस्तोसुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनु अहिलेको अपरिहार्यता हो ।’ भन्नुहुँदै संगठनलाई कसरी अगाडि बढाउने भोलिको दिनमा संगठनको मान प्रतिष्ठा र साखलाई कसरी जोगाउने भन्ने चिन्तन संगठनका प्रत्येक सदस्यमा हुनु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

सबै सेवाहरु एकै गतिमा चुनौतिपूर्ण हुन सक्दैनन् तर हामीले रोजेको सेवा, प्रवाह गर्ने कर्तब्य भने चुनौतीहरुले भरिएको हुन्छन् भन्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राईले जुन सुकै अवस्थामा पनि चौबिसै घण्टा तयार भएर बस्नु आफैंमा धेरै जोखिमयुक्त पेशा हो तर पनि हामीले शिरोधार्य गरेको पेशाले देश र जनताको लागि उल्लेखनीय योगदान दिइरहेको कुरा व्यक्त गर्नुभयो ।

कल्यणकारी कार्यक्रमका प्रमुख बुँदाहरुः

१. सशस्त्र प्रहरी नियमावलीमा २०७२ मा उल्लेख भए अनुसार कल्याणकारी सेवा केन्द्र बहालवाला, भूतपूर्व, अशक्त तथा वीरगति प्राप्तको आश्रित परिवारहरुको हित र संरक्षणको लागि कसरी उपयोग गर्न सकिन्छ भनि हामी निरन्तर गृहकार्यमा लागिरहेको ।

२. आर्थिक वर्ष २०७१÷७२ मा पुँजी कोषको अवस्था रु. १ अर्व ७६ करोड ६४ लाख ८५ हजार रहेकोमा चालु आ.व.को अषाढ मसान्तसम्म रु. २ अर्व १३ करोड ४२ लाख ३८ हजार चल–अचल सम्पति रहेको छ ।

३. कल्याणकारी सेवा केन्द्र सबैको साझा सरोकारको संस्था हो । यसै संस्था मार्फत विगतको विनाशकारी भूकम्प २०७२ मा पीडित सशस्त्र प्रहरी कर्मचारीहरु ६६९८ जनालाई पहिलो किस्ता स्वरुप १७ करोड २४ लाख ७५ हजार रुपैयाँ वितरण गरिसकिएको छ भने उक्त बाँकी दोश्रो किस्ता र अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्राधिकरण अनुदान सम्झौताको आधारमा शीघ्र वितरण गर्ने गृहकार्य भैरहेको छ ।

४. सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रबाट निर्जिवन बिमा गरिंदै आएकोमा यसपटकबाट उक्त बिमामा लगानी मार्फत भन्दा सिधै कल्याणकारी सेवा केन्द्रबाटै पीडितलाई रकम प्रवाह गर्दा प्रभावकारी हुने भएकोले संगठनको तर्फबाट कर्तब्य पालनको सिलसिलामा प्राणोत्सर्ग भएमा सम्बन्धित युनिट मार्फत बाहिनीपतिको सिफारिसमा राहत स्वरुप रु. १० लाख सम्म र दुर्घटना लगायत अन्य परिस्थितिमा मृत्यु भएमा युनिट मार्फत बाहिनीपतिको सिफारिस, घटनास्थल प्रकृति मुचुल्का आदिको आधार हेरी रु. ३ लाखसम्म कल्याणकारी सेवा केन्द्रबाट राहत स्वरुप उपलब्ध गराउने कार्यलाई अघि बढाइने छ ।

५. यसै अनुरुप आफू स्वयं र परिवारका सदस्यहरुमा दीर्घरोग लागि उपचारको क्रममा धेरै आर्थिक ब्ययभार बेहोर्दै आएका ८ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई रु. २५ हजारको दरले सहयोग स्वरुप रकम उपलब्ध गराइएको छ ।

६. फम्र्ड पुलीस युनिट मिसन मार्फत खास गरी तल्लो दर्जाका राष्ट्रसेवकहरुको वृत्ति विकासमा महत्वपूर्ण टेवा पुग्नेमा दुईमत हुन सक्दैन । यद्यपि सबै मिसनहरु स्थायी हुँदैनन् । कुनै मिसनको अवधि समाप्त भए पनि सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल तथा उत्प्रेणालाई दृष्टिगत गर्दै संगठनले थप मिसनमा तैनाथीको प्रकृया अगाडि बढाएको छ । यसै सिलसिलामा थप मिसनको लागि यही महिना भित्र निरीक्षण टोली आउने भएकोले कल्याणकारी सेवा केन्द्र मार्फत लगानी गर्दै सामानहरुको तर्जुमा गर्ने कार्य भैरहेको छ भने उक्त मिसनको लागि जनशक्ति छनौट भई तालिमरत रहेका छन् ।
७. बहालवाला तथा अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको दीर्घकालिन ब्यवस्थापनमा महत्वपूर्ण टेवा पुगोस् भन्ने उद्देश्यका साथ कल्याणकारी सेवा केन्द्र मार्फत उद्योग तथा जलविद्युत उत्पादनको आयोजनामा के, कसरी लगानी गरी सेयरको माध्यमबाट लाभान्वित तुल्याउन सकिन्छ भन्ने सोंचका साथ एक अध्ययन कार्यदल गठन गरी लगानीको आवश्यक प्रकृया छिटो भन्दा छिटो अगाडि बढाइन लागेको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु । यसै गरी नेपाल सरकार आपूर्ति मन्त्रालयको निर्देशन अनुसार थप पेट्रोल पम्प संचालन, ग्याँस स्टेशनको निर्माण तथा बुलेट एवं ट्याङ्करको क्षेत्रमा थप लगानी गर्ने कार्यबारे समेत प्रकृया अगाडि बढाइने ब्यहोरा यसै अवसरमा जानकारी गराउन सान्दर्भिक ठान्दछु ।

८. यसै गरी नगद ऋण सुविधा, किस्ताबन्दी कार्यक्रम, बहालवाला तथा अवकास प्राप्त कर्मचारीहरुका सन्ततिलाई हौसला स्वरुप दिइने छात्रवृत्ति कार्यक्रम, खेलकुदमा सहयोग, विद्यालय संचालन, ए.पि.एफ. अस्पताल संचालन, अमर सशस्त्र प्रहरीका सन्तती १ जनालाई १२ कक्षासम्म वार्षिक २४ हजारको दरले छात्रवृत्ति कार्यक्रम, यसै दिनमा घोषणा गरिने वर्ष जवानका १ सन्ततिलाई दिइने वार्षिक १२ हजारको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिंदै यसमा अझ थप के, कसरी सुधार गर्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गरिने छ ।

९. नेपाल ए.पि.एफ.अस्पताललाई सबै साधन श्रोत तथा उपकरणले ब्यवस्थित एवं सुविधासम्पन्न तुल्याउन चौबिसै घण्टा विद्युत आपूर्तिको लागि फिडर (ँभभमभच) लाईन जोड्ने तत्पश्चात् ः।च्।क्ष्। मेशिन खरिद गर्ने योजनलाई शीघ्रातिशीघ्र अगाडि बढाइने छ । मुटु, हेपाटाइटिस, क्यान्सर, मृगौला लगायतका जटिल रोगहरुबाट पीडित बहालवाला तथा अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई उपचारार्थ पर्न जाने आर्थिक समस्याबाट केही हदसम्म टेवा पुगोस् भन्ने उद्देश्यका साथ आवश्यक अध्ययन गरी छुट्टै अक्षयकोष तर्जुमा गर्ने नीतिलाई अगाडि बढाइने छ ।

१०. सशस्त्र प्रहरी परिवार महिला संघ तथा नेपाल पूर्व सशस्त्र प्रहरी संघलाई दिइंदै आएको सहयोगलाई आवश्यकता अनुसार वृद्धि गर्दै लगिने छ ।

(Visited 21 times, 1 visits today)
Loading comments...