बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

छ त नेपालमा युरेनियमको भण्डार ?

राजधानी समाचारदाता
3 months ago
02/02/2019

नेपालमा खानीको खोजी निकै कम मात्र भएको छ । कतैकतै सुनको खोजी गरिए पनि फलाम त्योभन्दा अलि बढी नै प्रयोगमा आएको पाइन्छ । युरेनियमको खोजी त भएको पनि छैन । तर, सम्भावना भने रहेको मानिन्छ । विश्वमा सबैभन्दा बढी महँगो भनेको युरेनियम धातु नै हो । अचम्मको कुरो त के छ भने नेपालका जसरी विविधता छ, त्यो खानीमा पनि पाइन्छ । युरेनियम नेपालमा पनि छ ।

हिमालपारिको जिल्लाका रूपमा चिनिने मुस्ताङ जिल्लाको लोमान्थाङको वरिपरि बहुमूल्य युरेनियमको ठूलो खानी रहेको कुरा चर्चामा आउने गरेको छ । खानी तथा भूगर्भ विभागको टोलीले हालै मात्र यो कुरा पत्ता लगाएको मानिन्छ । युरेनियमको खानी लोमान्थाङको करिब १० किलो मिटर लम्बाइ र ३ किलोमिटर चौडाइको क्षेत्रमा फैलिएको मानिएको छ । यो त नेपालजस्तो देशका लागि युरेनियमको भण्डार नै हो । मकवानपुरमा पनि युरेनियम रहेको जानकारीका आएको भूगर्भविदहरूले बताउने गरेका छन् । तर, नेपाल सरकार यसका बारेमा अनविज्ञ भएको झैं गरिरहेको छ ।
आज विश्वमा जति पनि वैज्ञानिक चमत्कार भएका छन्, ती सबै युरेनियमका कारणले भएका हुन् । विश्वका विकसित देशहरूले आणविक भट्टीको विकास गरेर अणु तथा परमाणु बम बनाएका छन् । अन्तरिक्षमा खोजीका लागि यान पठाएका छन् । हाम्रै छिमेकी देशहरू चीन र भारतले आणविक भट्टीको विकास गरी धेरैअगाडि पुगिसकेका छन् । अन्तरिक्षमा रकेट प्रक्षेपण युरनियमकै ऊर्जाबाट मात्र सम्भव भएको हो ।

युरेनियम आफंैमा एक रेडियोधर्मी पदार्थ हो । यो धातु पनि हो । यसलाई खनिज तŒवका रूपमा लिइन्छ । यसले लगातार ऊर्जावान विकिरणहरू पैदा गरिरहने गर्दछ । यसको आयु अरू धातुहरूको भन्दा कैयौं वर्षसम्म रही नै रहन्छ । हाल युरेनियम यकिन गर्न विश्वमा विशेषज्ञ तथा यन्त्र खटिरहेका छन् । युरेनियम रहेका क्षेत्र कब्जा र निरन्तर स्रोत दोहनका लागि विकसित भनिने देशहरू अविकसित भनिने देशमाथि युद्ध थोपरेर पनि लागिपरिरहेका छन् । खानीबाट निकालिएको युरेनियमलाई जस्ताको त्यस्तै प्रयोग गर्न सकिँदैन । त्यसलाई प्रशोधन गर्नुपर्दछ । यसका लागि आधुनिक मेसिन तथा प्रविधिका साथै ज्ञान र सीपको आवश्यकता पर्दछ । विज्ञहरूका अनुसार यो २८८० डिग्री तापक्रममा मात्र पग्लन्छ ।

 

 

हिमालपारिको जिल्लाको रूपमा चिनिने मुस्ताº जिल्लाको लोमान्थाºको वरिपरि बहुमूल्य युरेनियमको ठूलो खानी रहेको कुरा चर्चामा आउने गरेको छ । खानी तथा भूगर्भ विभागको टोलीले हालै मात्र यो कुरा पत्ता लगाएको मानिन्छ । युरेनियमको खानी लोमान्थाºको करिब १० किलो मिटर लम्बाइ र ३ किलोमिटर चौडाइको क्षेत्रमा फैलिएको मानिएको छ

 

यसको उपयोग भनेको ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनका लागि गरिन्छ । यो अत्यन्त बहुमूल्य धातु हो । यसको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव पनि हुँदैन । बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्यान्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्विडेन, स्विट्जरल्यान्ड र युक्रेनमा ३०५ वा योभन्दा बढी देशमा अहिले बिजुली नै युरेनियमको आणविक भट्टीबाट उत्पादन गरी वितरण गरिएको छ । काजकिस्तान, क्यानडा, अस्ट्रेलिया, नामिबिया, रसियाजस्ता देशमा त युरेनियमको अथाह खानी छ र त्यहाँ कल्पना गरिएभन्दा बढी यसको उत्पादन र उपयोग गरिएको छ । हाल यसको नयाँनयाँ खोजी र उत्खनन भइरहेको छ ।
पछिल्ला अनुसन्धानअनुसार नेपालमा माथिल्लो मुस्ताङको लोमान्थाङ मात्र नभएर अन्यत्र पनि यसको खोजी र अनुसन्धान भइरहेको छ । मकवानपुर तीनभंगाले, मकवानपुरकै चिरुवा खोला र चाँदे खोला, काठमाडौंको जगते, बझाङको सेनगढ, निम्लीगढ, देभलेक, लाङटाङ हिमालमा युरेनियमको प्रशस्त भण्डार रहेको मानिएको छ । यसका साथै, देशका अन्य भागमा पनि युरेनियमको खानी भएको ठानिएको छ ।

नेपालको भूबनोट जन्मका हिसाबले सबैभन्दा कान्छो भूबनोट हो । यहाँ हरेक किसिमका खानी पाइने सम्भावनालाई नकार्न सकिँदैन । कतैकतै त यसको तस्करी भइरहेको पनि भनिने गरिएको छ । बैतडी र दार्चुला जिल्लाको चमेलिया खोलाबाट सुन निकालिइरहेको कुरा पनि निकै चर्चामा आएको छ । तर, युरेनियम उत्खनन र प्रशोधनका लागि भने त्यसो गरिएको पाइएको छैन ।
विश्वमा सबैभन्दा खतरनाक दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली पनि यिनै युरेनियमबाट बनेका हुन् । यी एटम बमले धेरै नै ठूलो धनजनको क्षति भएको थियो । सन् १९४५ युरेनियम–२३५ बाट निर्मित लिटिल ब्वाय र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको फ्याट म्यान नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइएको थियो । यसबाट ७५ हजार मानिस मारिए भने ५० हजार भवन ध्वस्त भएका थिए ।

 

(Visited 1,066 times, 1 visits today)
Loading comments...