राजधानी समाचारदाता
2 weeks ago
0
कतार । खोटाङ सेवा समाजले २२औं स्थापना दिवस मनाएको छ । कतारमा स्थापित नेपाली सामाजिक संस्थाहरु मध्ये सबै भन्दा जेठो संस्थाको रुपमा सन १९९८ जनवरी ३१ तारिकमा माधब राईको अध्यक्षतामा स्थापना भएको खोटाङ सेवा समाज कतारले आफ्नो २२ बर्ष लामो कालखण्डमा कतारमा रहेर विभिन्न समस्यामा परेका खोटाङवासीहरुलाई आवश्यक सहयोग गर्दै जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनिय समाजिक सहयोग गर्दै आइरहेको छ ।
छिमेकी जिल्ला संस्थाहरु ओखलढुंगा सेवा समाज र उदयपुर प्रवासी सेवा समाज कतारको प्रतिनिधिहरु लगायत उपस्थित खोटाङवासीहरुले संस्थाको स्थापना दिवसको अवसरमा संस्थालाई शुभकामना दिए । हाल जिल्ला सदरमुकाममा संस्थाद्धारा संचालित एम्बुलेन्स विरामीलाई सेवा दिइरहेको छ । त्यसैगरी जिल्लामा एसएलसी परीक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार सहित शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ ।
पूर्वको पशुपतिनाथको रुपमा चर्चित पर्यटकिय तथा त्रिधार्मिकस्थल हलेसी महादेव, बराहपोखरी, भुलभुले, तुवाचुङ, रुपाकोट,तावाुलडाँडा तथा जिल्लाको आधा भुभाग तथा मधेशको रमणिय दृश्य अवलोकन गर्न सकिने राप्चे पहाड लगायतको सम्पदाहरुलाई नियाल्न सकिने आँखिझ्यालको रुपमा खोटाङ सेवा समाज कतारले विकसित गर्दैै जाने कुरामा कतारमा कार्यरत खोटाङवासीहरु एकजुट हुनुपर्ने भएकोले आगामी अधिवेशनलाई लक्षित गर्दैै संस्थाले साधारण सदस्यता समेत खुल्ला गरेको महासचिव कैलश श्रेष्ठले कार्यक्रममा घोषण गरे ।
कार्यक्रमको अन्त्यमा संस्थाको ऐतिहासिक स्थापना दिवस समारोहमा उपस्थित भएका सम्पूर्णलाई धन्यवाद दिंदै संस्थाका अध्यक्ष तिलाबहादुर खत्रीले खोटाङ सेवा समाज कतारको आफ्नो कार्यकाल पुरा हुनै लागेकाले आउने दिनहरुमा संस्थालाई अझै उत्कृष्ट संस्थाको रुपमा विकास गर्दै अगाडी बढन खोटाङवासीहरु एकजुट भएर लाग्न समेत अनुरोध गरे ।
कतारको सनैयास्थित ग्रीन रेष्टरेन्टमा संस्थाका अध्यक्ष तिला बहादुर खत्रीको अध्यक्षता तथा संस्थाका संरक्षक राम गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । संस्थाका प्रथम उपाध्यक्ष एक राज राईले शुभकामना मन्तब्य ब्यक्त गर्दै संस्थाको बारेमा प्रकाश परे । कार्यक्रममा खोटाङवासी लगायत विभिन्न समाजका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संचालन महासचिव कैलाश श्रेष्ठले गरेको थिए ।