मंगलवार १० आषाढ, २०७६ (Tuesday, 25th June 2019)
१० आषाढ, २०७६ (25 June 2019)

यी खतरनाक सपना, जसले मृत्युको संकेत गर्छ

राजधानी समाचारदाता
5 months ago
08/02/2019

कालो रंग : सपनामा कालो रंग देख्नुको अर्थ हुन्छ । कुनै पनि संकट आउनु । कालो रंगलाई हाम्रो धर्मशास्त्रले खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा भनेर ब्याख्या गरेको छ । यदि सपनामा कालो रंग देख्नु भयो भने अशुभ समाचार सुन्नुपर्ने निश्चित हुन्छ ।

कालो बिरालो : कालो बिरालो पनि रहस्याको अर्को रुप हो । सपनामा कालो बिरालो देख्नुलाई असुरक्षित हुँदैछु भनेर बुझ्नुपर्छ । कतै यात्रा गर्दै हुनुहुन्छ र सपनामा कालो बिरालो देख्नु भयो भने विषेश सावधानी अपनाउनुपर्छ ।

दाँत झर्नु : सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ । तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुँदा यस्तो अवस्थामा समान्य मान्नुपर्छ । यदि सपनामा माथि तिरको दाँत झ¥यो भने आफु भन्दा पाको उमेरको र तलतीरको दाँत झ¥यो भने कम उमेरको ब्यक्तिको निधन हुने सम्भावना हुन्छ ।

कालो चरा : कालो चरालाइ ‘मृत्युको सन्देश’ भन्ने चलन छ । जहाँ मानिसको मृत्यु हुन्छ त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन् ।

बच्चाको स्याहार : सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ ।

डुब्न लागेको मानिसलाइ बचाउनु : सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको सजाय दिने मान्यता छ ।

यात्राको योजना : यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जानै लाग्नु भएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा नजानु उपयुक्त हुन्छ । यस्तो सपनाले मृत्युलाइ संकेत गर्छ ।

दोहोरिने सपना : कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न हुँदैन ।

नाँच्नु अनि गाउनु : सपनामा खुसी हुँदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भन्ने विश्वास छ ।
कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृत्यु हुन्छ ।

एक्लै पिउनु : सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझ्नुपर्छ ।

सपना संकेत मात्रै हो । यदि यस्ता किसिमका सपनाहरु पटक–पटक देख्नुहुन्छ भने ज्योतिष एवं पण्डितको सहयोगमा दानधर्म गरेर दोष काट्न सकिन्छ । त्यसका लागि ज्योतिषहरुसंगै परामर्श लिनु जरुरी हुन्छ ।

(Visited 493 times, 1 visits today)
Loading comments...