बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

आश्चर्यजनक भोस्टोक सैन्य अभ्यास

एजेन्सी
3 months ago
09/02/2019

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनलाई अन्तरिक्षमा लड्न आउनका लागि चेतावनी दिँदै गर्दा रुस र चीनले एउटा ठूलो सैन्य अभ्यास गरे यो पृथ्वीमा । त्यो थियो भोस्टोक सैन्य अभ्यास । भोस्टोकको रुसी भाषामा पूर्वी भन्ने मात्र हुन्छ ।
यो सैन्य अभ्यास सन् २०१८ को सेप्टेम्बर ११ देखि १५ तारेखसम्म पाँच दिनसम्म लगातार रुसको भोस्टोकमा गरिएको थियो । यसलाई पृथ्वीमा गरिएको हालसम्मकै सबैभन्दा ठूलो र खतरनाक सैन्य अभ्यासका रूपमा लिइएको छ ।

यो सैन्य अभ्यास संयोगवस अमेरिकामा सेप्टेम्बर ११ मा ट्वीन टावर ढलेकै दिनबाट सुरु गरिएको थियो । त्यही दिन पारेर एसियास्थित विश्व महाशक्ति राष्ट्रहरू रुस र चीनले संयुक्त रूपमा गरेको सैन्य अभ्यासको विश्वभर र विशेषगरी पश्चिमा राष्ट्रहरूमा निकै टीकाटिप्पणी पनि गरिएको थियो । यो अभ्यास रुस–चीनविरोधी शक्तिका लागि एक जबर्जस्त फौजी चुनौती पनि थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी तथा चिनियाँहरूको ध्यान अन्तरिक्षमा लैजान खोज्दा यही पृथ्वीमा अमेरिकाविरुद्ध लड्न सक्ने ताकत र प्रविधि मौजुद छ भनेर यो चुनौती खडा गरिएको थियो, त्यो पनि व्यावहारिक प्रदर्शन नै गरेर ।

यसले त्यति बेलैबाट अमेरिकाले सुरु गरेको व्यापार युद्धमा आगोमा घिउ थपेको थियो । यसले रुस–अमेरिका बीचमा बढिरहेको तनावलाई थप तन्काउन मद्दत गरेको थियो । यसलाई तत्कालीन अमेरिका तथा तत्कालीन सोभियत रुसबीचमा चलेको शीतयुद्धसँग निकै तुलना गरिएको पनि थियो ।
भनिएको पनि थियो कि यो सैन्य अभ्यास तत्कालीन रसियाका अति प्रभावशाली राष्ट्रपति जोसेफ स्टालिनको पालामा गरिएको सैन्य केन्द्रीकरणभन्दा पनि ठूलो र सशक्त थियो । यसमा केही कुराहरूले निकै महŒव राखेका थिए । पहिलो कुरा त यो आफंैमा रणनीतिक महŒवको सैन्य अभ्यास थियो, जसले राजनीतिक, फौजी, प्राविधिक, क्षेत्रीय, महाद्विपीय, भौगोलिक आदि सबैको महŒव उजागर गरेको थियो ।

दोस्रो कुरा, यो सैन्य अभ्यासबाट रुस र चीनले ठूलो सैन्य ताजगी प्राप्त गरेका थिए । यो सैन्य अभ्यासको बहानामा यी दुवै देशले हालसम्म निर्माण गरिएका अस्त्रशस्त्रको खुला प्रयोग र परीक्षण पनि गरेका थिए । यी अस्त्रहरूको परीक्षणपछि रुसबाट भारतले सुखोइ नामक वायुअस्त्र खरिद पनि गरिसकेको छ । यो अभ्यासले रुस–चीनलाई लडाइँको तयारीको अवस्थामा पनि राखेको छ ।

 

 

सैन्य अभ्यासमा ३ लाख रुसी सैनिक प्रत्यक्ष सहभागी भएका थिए । यो महासैन्य अभ्यासमा ३६ हजार आधुनिक बख्तरबन्द ट्यांकहरू, १ हजारभन्दा बढी आधुनिक लडाकु विमान र रुसले भर्खरै निर्माण गरेका आधुनिक अस्त्र प्रयोग गरिएका थिए

अर्को महŒवपूर्ण कुरा भनेको यो अभ्यास ठूलो स्केलमा गरिएको थियो । यो लगभग महाद्विपीय स्केलको अभ्यास थियो । यसको सन्देश थियो, ‘विश्वयुद्ध भए पनि हामी तयार छौं ।’ यसका साथै अब संसार एक ध्रुवीय होइन, बहुध्रुवीय रहेको छ भन्ने थियो ।
यो सैन्य रूपमा पनि सत्य हो भन्न खोजिएको थियो । यो अभ्यासले अमेरिका विरोधी सैन्य अलायन्स निर्माण गर्न मद्दत गरेको थियो । यसले रणनीतिक सैन्य सम्बन्धलाई विस्तार गरेको थियो ।
संरक्षणवादी नीति लिएर अमेरिका विश्वबाट घर फर्कंदै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पले ‘नेटो’ अब काम नै लाग्दैन भनिरहेको बेला ‘बार्सा’को झझल्को दिने गरी यो सैन्य अभ्यास सम्पन्न भएको थियो ।
यो सैन्य अभ्यासमा ३ लाख रुसी सैनिक प्रत्यक्ष सहभागी भएका थिए । यो महासैन्य अभ्यासमा ३६ हजार आधुनिक बख्तरबन्द ट्यांकहरू, १ हजारभन्दा बढी आधुनिक लडाकु विमान र रुसले भर्खरै निर्माण गरेका आधुनिक अस्त्रहरू प्रयोग गरिएको थियो ।
यी अस्त्र प्रयोगका लागि आगामी दिनमा ‘टेस्टेड’ भइसकेका छन्, बिक्रीका लागि पनि र युद्धका लागि पनि । क्रेमलिनले यसलाई ‘आक्रामक र अमित्रवत्’ व्यवहारको जवाफ भनी परिभाषित गरेको थियो ।
यस अभ्यासमा १० लाख सैन्य शक्ति, जसमा जल, थल र वायु तीनैथरि, व्यावहारिक रूपमा नै फौजी युद्धमा सहभागी भएका थिए । चीनका तर्फबाट भने ३ हजार २ सय सेना र ९ सय विभिन्न आधुनिक हतियार तथा ३० लडाकु विमान प्रयोग भएका थिए ।
चर्चामा रहेका रुसी सैंन्य अस्त्रमा सुखोइ सु–३५ फाइटर जेट, सुखोइ सु–३४ फूलब्याक फाइटर बम्बर र अत्याधुनिक ट्यांक, ब्याटल ट्यांक तथा क्रुज मिसाइल आदि थिए ।

 

(Visited 499 times, 1 visits today)
Loading comments...