बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

बसपार्कमा सधैं रुवाबासी

डिबी विष्ट
6 months ago
09/02/2019

 

बझाङबाट महेन्द्रनगरका लागि छुट्ने यात्रुबस महिला र बालबालिकाले घेरिएको थियो । गाडीभित्र र बाहिर रहेका सबैका आँखा रसाएका थिए ।कोही एकअर्कालाई अंगालो हालेर रुवाबासी गरिरहेका थिए भने कोही ढोग भेट गरिरहेका । ३६ यात्रुको चलानी काटेको महाकाली यातायातको बसभित्र बसेका सबै पाँचवटा गाउँका थिए ।

जयपृथ्वी नगरपालिको खेइरा र बस्टी, तल्कोट गाउँपालिका सुनिकोटको सेरागाउँ, जयपृथ्वी नगरपालिका कैलाश पिमी र डुङ्ग्रीका यात्रु भारततर्फ जान तयारी अवस्थामा थिए । बाहिरी भिडमा उनीहरूलाई बिदाइ गर्न आएका आफन्त थिए ।

हुल बाँधेर अधिकांश गाउँका युवा भारततिर रोजगारीका लागि ओइरिन थालेपछि गाउँ पुरुषविहीन भएका छन् । तिहारपछि सुरु भएको भारत जानेको लर्काे अझै रोकिएको छैन ।

‘मंसिरयता मात्र १२ सयभन्दा बढी मानिस भारत गइसकेका छन् । कुनैकुनै वडामा त एक जना पनि पुरुष भेटि“दैन, कोही मर्दा लाश उठाउने मान्छेसम्म छैनन्,’ तल्कोट गाउँपालिका सुनिकोट वडाध्यक्ष गोपाल धामीले भने, ‘१५ ⁄ २० जना त परिवार र केटाकेटीसमेत लिएर हि“डेका छन् ।’

 

भारत जानेमध्ये अधिकांशले वनवासा र केहीले गौरीफन्टा नाका प्रयोग गर्ने गर्छन्् । महाकाली यातायात बसमा यात्रा गर्ने ७५ प्रतिशत भारत जाने नै हुन्छन्

 

भारत जानेमध्ये अधिकांशले वनवासा र केहीले गौरीफन्टा नाका प्रयोग गर्ने गर्दछन् । महाकाली यातायात बसमा यात्रा गर्ने ७५ प्रतिशत भारत जाने नै हुन्छन् । कात्तिकदेखि नै भारत जानेको लर्काे लागेको महाकाली यातायात सिमखेत काउन्टर इन्चार्ज डम्बर खड्का बताउँछन् । ‘यो वर्ष भारत जानेको संख्या गत वर्षभन्दा दोब्बर छ,’ उनी भन्छन्, ‘अधिकांश पत्नी र केटाकेटीसहित जाने गरेका छन् ।’

छवसपाथीभेरा गाउँपालिका वडा ६ का जयराज विक जन्म दिने आमाबुबालाई लिएर रोजगारी खोज्न भारत पसेका छन् । घरको जिम्मा पत्नीलाई लगाएर गाउ“मा काम नपाएपछि परिवार पाल्न भए पनि आमाबुबासहित भारत जान लागेको उनी बताउँछन् । ‘खेतीपातीमा उब्जनी छैन, आमाबुबाको उपचार गर्नुछ, सबैको पेट पनि पाल्नैप¥यो ।’ गाउँमा काम नपाइने भएकाले भारत नजानुको विकल्प नभएको उनी सुनाउँछन्।

छोराछोरीसहित घरमा ताला लगाएर सोही गाउँका बाबजी विकसमेत भारत गएका छन् । छोरी र पत्नीसहित विक भारत गएका हुन् । गाउँमा एकछाक खान पनि ‘धौधौ’ हुने भएकाले एकछाक खान र एकसरो जोहो गर्नकै लागि भारत जान लागेको विक बताउ“छन् ।

 

 

हुल बाँधेर अधिकांश गाउँका युवा भारततिर रोजगारीका लागि ओइरिन थालेपछि गाउँ पुरुषविहीन भएका छन् । तिहारपछि सुरु भएको भारतजानेको लर्काे अझै रोकिएको छैन

 

‘स्थानीय तह हुँदा केही रोजगारीका काम पाइन्छन् कि ?’ भन्ने आश बोकेका युवासमेत खोजीमा भारत जान थालेका छन् । ‘गाउँमै रोजगारी पाइन्छ’ भन्ने आश बोकेका युवा निराश हु“दै भारत भासिन बाध्य भएको दुर्गाथली गाउँपालिकाका सुशील विष्ट सुनाउँछन् । गाउँमा रोजगारीको कुनै उपाय नलागेपछि तीन वर्षीय छोरा र पत्नीसहित भारत जान बाध्य भएको विष्टको भनाइ छ ।

परिवारसहित गएका केही वर्ष बसेर फर्किने र एक्लै गएका अधिकांश जेठको खेती लगाउने बेलासम्म घर पुगिसक्ने गर्दछन् ।भारत जानेको संख्या यकिन नभए पनि तिहारपछि विभिन्न गाउँबाट ३० हजारभन्दा बढी गइसकेको अनुमान छ । अहिले गाउँमा ज्येष्ठ नागरिक, बालबालिका र महिला छन् । युवा रोजगारी खोजीका भारत गएका छन् ।

दुर्गाथली गाउँपालिका–३ विजाडाका चक्रबहादुर रोकयाका अनुसार १५० जनसंख्या रहेको गाउँमा अहिले ३५ देखि ३० महिला र दुईदेखि चार जना युवा छन् ।

छविसपाथीभेरा गाउँपालिका–६ मा पाँचवटा बस्ती रहेको स्थानीय मदन विक बताउँछन् । गाउ“मा मर्दा मलामी र पर्दा जन्ती जाने मान्छे नै छैनन् ।

युवा, बुढापाका भारतका विभिन्न सहरमा छन् । एउटा गाउँमा ८ देखि १० भन्दा बढी युवा छैनन् । उनीहरू पनि सामान्य पढलेख र केही रोजगारी खाएका शिक्षक छन् ।

बझाङबाट रोजगारीका लागि भारतको बैङ्लोर, केराला, तामिल्नाडु, दिल्ली, उतराञ्चल र उत्तरप्रदेशका विभिन्न सहरमा गएर कुल्ली, दरबान र कृषि मजदुरका रूपमा काम गर्दछन्् ।

यता, जिल्लाका १२ वटै स्थानीय तहका सर्वसाधारण तथा युवा विदेश जान बाध्य भए पनि जनप्रतिनिधिले भने युवालक्षित कार्यक्रम सञ्चालन गर्न र युवालाई गाउ“मा रोक्न कुनै पनि पहल चालेका छैनन् ।

युवालक्षित कार्यक्रम स्थानीय निकायले पहल नचाल्दा बझाङका गाउँ  खाली गरेर युवाशक्ति प्रदेश जान बाध्य भएका छन् । यसप्रति जिल्लाका स्थानीय निकायले चासो दिनुपर्ने जानकारको सुझाव छ ।

 

 

 

 

 

 

(Visited 490 times, 1 visits today)
Loading comments...