मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

कुम्भमा नेपाली

सुजितकुमार झा
2 months ago
09/02/2019

भारत प्रयागराज कुम्भ मेला, जहाँ हजारौं नेपाली सहभागी हुन्छन् । शाही स्नानमा मात्रै नभई कुम्भभर सयौं गंगा, यमुना र सरस्वती संगममा नेपालीहरू स्नान गरेर भजनकीर्तनमा छन्् । राष्ट्रिय जनता पार्टीका महासचिव राजीव झाले हिन्दूका लागि कुम्भ सबैभन्दा ठूलो धार्मिक उत्सव रहेकाले जो कोही पनि यो अवसरलाई छोड्न नचाहने बताए । महासचिव झा स्वयं पुरै परिवारका साथ कुम्भमा सहभागी भएका छन्् । धनुषाको गंगुलीका नरेश झाले कुम्भमा नुहाउँदाजति धर्म अरू कुनैमा नहुने आफूलाई थाहा भएकाले प्रयागराज आएको बताए । आफू त हरेक कुम्भमै सहभागी हुनेगरेको भन्नेहरू सयौं कुम्भमा देखिए ।

कुम्भ मेलाको हिन्दू धर्ममा विशिष्ट महŒव रहेको छ । पौराणिक कथाअनुसार समुद्र मन्थनको समयमा अमृत कलशबाट चार थोपा अमृत पृथ्वीको चार स्थानमा झरेको थियो । सोही अमृतको खोजीमा करोडौं व्यक्ति सहभागी हुने गर्छन् । पृथ्वीका चार स्थान हरिद्वार, प्रयाग, नासिक र उज्जैनमा अमृत कलशबाट अमृत झरेको मान्यता रहेको छ । सोही चार स्थानमा कुम्भ मेला
लाग्ने गर्छ ।  यस वर्ष भारतको उत्तर प्रदेशको प्रयागमा कुम्भ मेला लागेको छ । साधु सन्त र धर्मलाभका लागि शतसहस्र भक्त पवित्र तीर्थहरूमा निष्पाप हुनका लागि कुम्भ स्नानमा एकत्रित हुने गरेको जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । ४५ किलोमिटरको मेला क्षेत्र पुरै भरिएको छ ।

जानकी मन्दिर खालसाको चर्चा

कुम्भमा नेपालका तर्फबाट जानकी मन्दिरले खालसा लगाएको छ । सो खालसामा नेपालबाट कुम्भमा जानेहरूका लागि निःशुल्क वास र भोजनको व्यवस्था जानकी मन्दिरले गरेको छ । कुम्भमा नेपाल भारतका अतिरिक्त संसारको १८ देशको सन्तहरूको खालसा रहेको छ । ती खालसामै बसेर लाखो श्रद्धालु भक्तजन विशेष स्नान र पूजा पाठ गर्ने गर्छन् । सन २००० देखि जानकी मन्दिरको खालसा कुम्भमा लगाइने गरिएकोे जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दासले बताए ।
सन्त महन्थमा महामण्डलेश्वरको उपाधिप्राप्त गर्ने व्यक्तिलाई भारत सरकारले खालसाको लागि जग्गा उपलब्ध गराउने गरिएको छ । जग्गाका अतिरिक्त पानी र बिजुली भारत सरकारले खालसालाई उपलव्ध गराएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्ण्व मात्रै नेपालमा महामण्डलेश्वरका उपाधि प्राप्तकर्ता रहेका छन् । जानकी मन्दिरको खालसामा ४० वटा कोठा बनाइएको छ । सो कोठामा एटेज बाथरुमसमेत रहेको छ । दैनिक २ हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क भोजन गराइने गरिन्छ । जानकी मन्दिरको खालसामा साधुसन्तका लागि विशेष व्यवस्था गरिएको छ । नेपालका मानमहन्थ जगरनाथ दास वैष्णव पनि सो खालसामा बसिररहेका छन् । नेपालका लागि खालसा गौरव बनेको उनको कथन रहेको थियो ।


कुम्भस“ग जोडिएको कथा

कुम्भ पर्वको आयोजनलाई लिएर दुई–तीन पौराणिक कथा यहाँ प्रचलित रहेको छ । जसमा सवार्धिक मान्य कथा देव दानवद्वारा समुद्र मन्थनबाट प्राप्त अमृत कुम्भबाट अमृतको थोपा खसेकोलाई लिएर रहेको छ । यस कथाका अनुसार महर्षि दुर्वासाको श्रापले जब इन्द्र र अन्य देवता कमजोर भए, त्यसबेला दैत्यले देवतामाथि आक्रमण गरी पराजित गरेका थिए । त्यही बेला सबै देवता मिलेर भगवान् विष्णुलाई आराधना गरी सबै वृतान्त सुनाएका थिए । भगवान् विष्णुले उनीहरूलाई दैत्यसँग मिलेर क्षीरसागरलाई मन्थन गरी अमृत निकाल्ने सल्लाह दिए ।
भगवान् विष्णुको सल्लाहले सम्पूर्ण देवता दैत्यसँग सन्धि गरी अमृत निकालने प्रयत्नमा लागिहाले । अमृत कुम्भ निस्केपछि देवताहरूकोे इशारामा इन्द्रपुत्र ‘जयन्त’ अमृत कलश लिएर आकाशमा गइहाले । यसपछि दैत्यगुरु शुक्राचार्यको आदेशानुसार दैत्यले अमृत ल्याउन जयन्तको खोजीमा लाग्दा अत्यधिकर परिश्रमपछि बीच बाटैमा जयन्तलाई पक्रेर हाले । तत्पश्चात् अमृत कलशमाथि अधिकार जमाउन देवता र दानवबीचमा १२ दिनसम्म अविराम युद्ध चलिरह्यो ।
यस परस्पर मारकाटका क्रममा पृथ्वीका चार स्थान (प्रयाग, हरिद्वार, उज्जैन, नासिक) मा अमृतको थोपा खसेको थियो । सो समयमा विभिन्न देवले घटको रक्षा गरे । कलह शान्त गर्न भगवानले मोहिनी रूप धारण गरी यथाधिकार सबैलाई अमृत बाँडेर खुवाइदिए । यसै प्रकार देवदानव युद्धलाई अन्त्य गरिएको थियो ।

 

 

गंगा किनार एउटा सहर बसाउनेगरी मेला लगाइएको छ । चारैतिर ठूलाठूला लाइट लगाइएका छन् । त्यहा“ गएपछि युरोपकै कुनै सहरजस्तो लाग्छ

 

१२ दिनको युद्धमा देवताको १२ दिन मानिसको  १२ वर्षसमान हुन्छ । त्यसैकारण, कुम्भ पनि १२ वटा लाग्ने गर्छ । त्यसमा चार कुम्भ पृथ्वीमा र अन्य आठ कुम्भ देवलोकमा हुनेगरेको छ । देवलोकको कुम्भमा देवगणले नै प्राप्त गर्ने गर्छन्, त्यहाँ मानिसलाई पहुँच हुँदैन ।
जुन समयमा चन्द्रादिले कलशलाई रक्षा गरेका थिए, त्यस समयको वर्तमान राशिमाथि रक्षा गर्नेे चन्द्र सूर्यादि ग्रह जब आउँछन्, त्यो समय कुम्भ योग हुने गर्छ । अर्थात् जुन वर्ष, जुन राशिमाथि सूर्य, चन्द्रमा र बृहस्पतिको संयोग हुन्छ, त्यही वर्ष, त्यही राशिको योगमा, जहाँजहाँ अमृतको थोपा खसेको थियो, त्यहाँत्यहाँ कुम्भ पर्व हुने गर्छ ।
गत १४ जनवरीबाट सुरु कुम्भ ४ मार्चसम्म चल्नेछ । गत १५ जनवरी पहिलो शाही स्नान, गत २१ जनवरीको पूर्णिमा स्नान, गत ३१ जनवरीको एकादशी स्नान, ४ फेब्रुअरीको दोस्रो तथा मुख्य शाही स्नान सम्पन्न भइसकेको छ भने १० फेब्रुअरीको तेस्रो शाही स्नान, १६ फेब्रुअरीको एकादशी स्नान, १९ फेब्रुअरीको पूर्णिमा स्नान र ४ मार्चको शिवरात्रि स्नान गरी कुम्भ सम्पन्न हुनेछ । स्नान पर्वमा गंगा नदीमा स्नान गर्नुको छुट्टै महŒव रहेको छ ।

मेलामा विशेष व्यवस्था

मेलामा विशेष व्यवस्था गरिएको छ । गंगाको किनारमा एउटा शहर बसाउनेगरी मेला लगाइएको छ । चारैतिर ठूलठूला लाइट लगाइएको छ । त्यहाँ गएपछि युरोपकै कुनै सहरजस्तो लाग्छ । अधिकारीहरूका अनुसार स्नानका लागि ४१ वटा घाटको निर्माण गरिएको छ । मेला क्षेत्रलाई १० क्षेत्रमा बाँडेर सुरक्षाकर्मी तैनात गरिएको छ । मेला परिसरमै ४ सयभन्दा बढी सीसीटीभी क्यामेरा लगाइएको छ । यसका अतिरिक्त ९६ फायर वाक कच टावर बनाइएको छ । पुरै मेला परिसरमा ३७ कम्पनी रैपिड एक्सन फोर्स, सीआरपीएफ, एसएसबी र आईटीबीपी गरी सबै अर्धसैनिक बललाई तैनाथ गरिएको छ । १० कम्पनी एनडीआरएफ पनि तैनाथ गरिएको छ ।
कुम्भका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो पार्किङस्थल बनाइएको छ । कुम्भमा लगभग ६ लाख सवारीका लागि १ हजार १९३ हेक्टर क्षेत्रफलमा १२०वटा पार्किङस्थल निर्माण गरिएको छ । मेला आयोजनाका लागि २८ अर्ब भारतीय रुपैयाँ खर्च गरिएको छ ।

(Visited 128 times, 1 visits today)
Loading comments...