बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

धर्तीको स्वर्ग

रोमा रायमाझी
6 months ago
09/02/2019

 


एक्कासि ताइवान जाने अवसर मिल्यो । त्यहाँ वातावरण र ऊर्जासम्बन्धी शैक्षिक कार्यशालामा भाग लिनु थियो । विभिन्न देशका विषय विज्ञ, प्राध्यापक र अनुसन्धानकर्मीबीच म एक्ली पत्रकार थिएँ । डर पन्छाएर उत्साह, जिज्ञासा र इच्छाशक्ति लिएर ताइवान उडें । यो तेस्रो विदेश भ्रमण थियो । यसअघिभन्दा यो भ्रमण मेरा लागि फरक र चुनौतीपूर्ण थियो । पहिलो त १८ महिनाको काखे छोरा १२ दिन मबाट टाढा हँुदै थियो, अर्काे विशुद्ध शैक्षिक गतिविधि सञ्चालन हुन् कार्यशाला जीवनकै
पहिलो अनुभव ।

५ डिसेम्बर अर्थात् १९ मंसिर लाइन थाई एयरलाइन्सको दिउँसो ३ बजे ताइवानका लागि ङ्खलाइट थियो । त्यसको ट्रान्जिट थियो, थाइल्यान्ड । नेपालसहित इन्डिया, फिलिपिन्स, लाओस, थाइल्यान्ड, भियतनामजस्ता देशबाट ऊर्जा र वातावरण क्षेत्रका अनुसन्धानकर्तासँग आफूलाई १० दिन बिताउनुपर्ने थियो । नेपालबाट थाइल्यान्ड पुग्न करिब २ घण्टा ४५ मिनेट लाग्यो । थाइल्यान्ड दोन मोङ अन्तर्राष्ट्रिय विमानस्थल बैंककमा अवतरणसँगै एयरपोर्ट पस्नेबित्तिकै आफू गोरी भएको अनुभूति भयो । वास्तवमा म गोरी भएकी नै थिइन“, एयरपोर्टभित्रको त्यो बत्ती, संरचना, सरसफाइ र सजावटलेको रिफ्लेक्सन परेको रहेछ । सफा भुइ“ नहुने त कुरै भएन, यतिसम्म कि यात्राबाट थाकेकाको अवस्था मध्यनजर गरेर उनीहरूलाई ‘कम हि“ड्न परोस्’ भनेर ठाउ“ठाउ“मा एलिभेटर व्यवस्था गरिएको रहेछ । त्यँहाको शौचालयभित्र त पूरा आधा घण्टा नै बिताए“ ।
शौचालयजस्तो गन्ध त कतैबाट पनि आउ“दैनथ्यो । त्यतिमात्र होइन, आमा भइसकेकी मलाई त्यहा“ शौचालयमा गरिएको अर्काे व्यवस्थाले साह्रै मन छोयो । शौचालय महिलामैत्री मात्रै होइन, बालबालिकामैत्री पनि रहेछ । सजिलै बच्चाको डाइपर्ट चेन्ज गर्न सक्नेगरी बन्दोबस्त गरिएको रहेछ । सहयोग र संस्कारमा त उनीहरू हामीभन्दा एक कदम अघि पाएँ, जति नै पढेलेखे पनि विशाल एयरपोर्ट हातामा जो पनि ‘कन्ङ्खयुज’ हुनसक्ने त्यस्तो ठाउ“मा कर्मचारीको सहयोगले नै केही अप्ठ्यारो पर्नै पाएन ।


नेपालबाट ट्रान्जिट समयबाहेक प्लेनमा मात्रै ६ घण्टाको हवाईयात्रापछि ताइवान एयरपोर्ट अवतरण ग¥यो । मकवानपुरको सुन्दर पर्यटकीय गाउ“ दामनमा हुर्किएकी म ताइवान एयरपोर्ट टेक्नेबित्तिकै गाउँघरकै याद दिलायो । एयरपोर्टबाट बाहिरि“दा आयोजकले लिन पठाएको कार तयारी अवस्थामा रहेछ । ताइवान राजधानीबाट गन्तव्य सिन्जुमा पुग्न गाडीमा करिब ४५ मिनेट लाग्थ्यो ।
ड्राइभरलाई ताइवानी मात्र आउने म ताइवानी नबुझ्ने सिन्जु पुग्दासम्म ऊसँग मेरो केही गफ नै भएन । बरु, मेरो आँखा ताइवानका ती चिल्ला ङ्खलाइओभर सडकका दृश्यबाट हट्न सकेको थिएन । आँखालाई कति आनन्द आइरहेको थियो । त्यसको कुनै बयान नै छैन । मैले कारबाटै बाहिरको दृश्य मज्जाले नियाले । सफा, फराकिला, चारवटासम्मका
‘ङ्खलाइओभर’ रहेका चिल्ला र व्यवस्थित सडक । गजबको ट्राफिक व्यवस्थापन । ताइवानको यिनै पहिलो दृश्यले नै मेरो मन जित्यो । आप्mनै आँखाले देखिरहेको यो वातावरण सपनाझंै लाग्थ्यो । सडक त आफैंमा प्रशंसायोग्य छ नै तर त्यहाँ जमिनको सदुपयोग गर्ने तरिका देखेर मलाई अचम्म लाग्यो । सडक विस्तारपछि बाँकी रहेको थोरै जमिनमा समेत तरकारी हुर्किरहेको थियो ।

ताइवानसँग कुल जमिनमध्ये बसोबास र खाद्यवस्तु उत्पादन हुने एक चौथाइ भाग मात्रै छ । तर, पनि यो सीमितताको भुमरीमा ताइवान कुनै पनि एंगलबाट रुमल्लिएको मैले देखिँन । सुविधासम्पन्न भौतिक पूर्वाधार, व्यवस्थित बस्ती निर्माण, आधुनिक सार्वजनिक सवारीसाधनको उपलब्धता, चुस्त ट्राफिक व्यवस्थापनलगायत यहाँका विशेषताझंै लाग्छ । कारमा करिब ४५ मिनेट यात्रापछि कार्यशालास्थल सिन्जुस्थित नेसनल सिङ ह्वा युनिभर्सिटी पुगें । युनिभर्सिटीको मूलद्वार नै अति आकर्षक र सुरक्षित । सुरक्षा चेकजाँच गरी भित्र पसेसँगै सुन्दर बगैंचा, रुख बिरुवाले हरियाली वातावरण र चिटिक्कका सडक अनि युनिभर्सिटीका विभिन्न भवन तथा विभागमा जान ठाउँठाउँमा आवश्यक संकेत चुस्त र सहज राखिएको देख्दा त्यहीँभित्र हराउन मन लाग्ने । हेर्दा हाम्रो सिंहदरबारभन्दा ठूलो क्षेत्रमा फैलिएको स्थानमा रहेको नेसनल ताइचुन युनिभर्सिटीभित्रका विभिन्न विभाग र भवनमा जान निःशुल्क बस व्यवस्था रहेछ ।

 



कार्यशालाका मुख्य आकर्षण नेसनल सिन्हा ह्वा युनिभर्सिटी प्राध्यापक डा. रुए एनदोङको व्यवहारको कुरा गर्ने हो भने कुनै शब्द छैन । त्यति धेरै पढेको जानेको, युनिभर्सिटीको ठूलो पद सम्हालिरहेका मात्रै थिएनन्, उनी आफ्नो शैक्षिक क्षेत्रका अब्बल, सफल बौद्धिक व्यक्तित्व व्यक्ति हुन्् । यति ठूलो मान्छेको व्यवहार मजस्तो सामान्य मान्छेका लागि पनि कति राम्रो, सबै सहभागीलाई समान व्यवहार ।
अनुसन्धान र प्रयोगका निम्ति पर्याप्त स्रोत साधनयुक्त प्रयोगशाला । ३० देखि ३५ वर्षसम्मका युवा प्रोफेसर डाक्टर छन्् । विभिन्न विषयमा एकसेएक अनुसन्धान गरेका उनीहरूका पेपर ‘वाउ’ भन्ने त थियो नै त्यो पेपर प्रस्तुतिमा उनीहरूको कन्फिडेन्सको कुनै तुलना नै थिएन । युवावस्थामा त्यो स्थानमा पुग्ने, त्यतिसम्मको काम गर्न सक्ने उनीहरूको क्षमता देखेर म ‘नन साइन्स’को व्यक्तिको त दिमाग घुमेको थियो नै, मसँगै नेपालबाट सहभागी साइन्स पृष्ठभूमिका त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्राध्यापक डा.रामप्रसाद खतिवडा, तथ्यांकशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. शंकर खनाल, केन्द्रीय ग्रामीण विकास विभागका उपप्राध्यापक विष्णुप्रसाद खत्री, त्रिविकै उपप्राध्यापक यादव केसी, काठमाडौं युनिभर्सिटीका उपप्राध्यापक डा. जितेन्द्र उपाध्याय पनि ‘वाउ’ भनिरहेका थिए ।

 

 

शौचालयजस्तो गन्ध त कतैबाट पनि आउ“दैनथ्यो । त्यति मात्र होइन, आमा भइसकेकी मलाई त्यहा“ शौचालयमा गरिएको अर्काे व्यवस्थाले साह्रै मन छोयो । शौचालय महिलामैत्री मात्रै होइन, बालबालिकामैेत्री पनि रहेछ । सजिलै बच्चाको डाइपर्ट चेन्ज गर्न सक्नेगरी बन्दोबस्त  गरिएको रहेछ

 


शैक्षिक कार्यशाला भएकाले आयोजकले ताइवानस्थित ताइपेई र सिन्जुमा रहेको नेसनल सिन्हा ह्वा युनिभर्सिटी, नेसनल ताइचुन युनिभर्सिटी, नेसनल सेन्ट्रल युनिभर्सिटी, नेसनल चुङ सिङ युनिभर्सिटी, चाओ याङ युनिभर्सिटी अफ टेक्नोलोजी अवलोकन गर्ने अवसर मिल्यो । यी पा“चै विश्वविद्यालयमा एउटा समानता थियो । प्रयोगात्मक र अनुसन्धात्मक शिक्षामा जोड, जसका लागि आधुनिक प्रविधियुक्त प्रयोगशाला व्यवस्था । यी विश्वविद्यालयमा केही नेपाली विद्यार्थी एवं अनुसन्धानकर्ता पनि अध्ययन–अध्यापन गराउँदा रहेछन्् । उनीहरूसँगको भेटमा त्यँहाको शिक्षणविधि, प्राध्यापक र विद्यार्थी सम्बन्धबारे कुरा गर्ने मौका मिल्यो ।
ताइवानले उच्चशिक्षामा नया“ प्रविधियुक्त विद्यार्थीमैत्री शिक्षामा जोड दिरहेको छ भन्ने थाहा पाउन गाह्रो नै भएन । ताइवानमा पीएचडी गरिरहेका त्रय अमरगढी नगरपालिका, डडेलधुराका खगेन्द्रप्रसाद बोहोरा, गोरखाका नारायण धिताल, भक्तपुरका सरोज अधिकारी र ब्याचलर गरिरहेका गुल्मी घर भएका मनोज कँडेलसँगको संवादमा उनीहरूले खुलेर प्रशंसा गरे । त्यँहा आफ्ना गतिविधि सञ्चालन गर्न ताइवानी सहयोग गर्छन् । अर्काे कुरा, ताइवानी साह्रै
मिहिनेती र काममा इमान्दार भएकै कारण आज ताइवान विकास वर्णन गर्ने अवस्थामा पुगेको उनीहरूको ठम्याइ छ । त्यहाँका अधिकांश युनिभर्सिटीमा धेरैजसो इन्जिनियरिङ, वातावरण, कृषिजस्ता प्राविधिक विषय पढाइ“दोरहेछ । यी संकायभित्र पनि थुप्रै विषय अध्ययन–अध्यापन हुँदोरहेछ ।



त्यसो त, ताइवानभन्दा धेरै गुणा विकसित र समृद्ध मुलुक पनि छन्् । तर, यहा“ ताइवानी विकासलाई जोड्नुमा एउटै कारण छ । क्षेत्रफलमा सानो र उपभोग्य जमिन नेपालभन्दा निकै कम हुँदाहु“दै यो देश हामीभन्दा कसरी अगाडि बढे ? यो सोचनीय विषय हो । हुन त कतिपय कुरामा त्यहाँ पनि धेरै समस्या होलान् तर भनिन्छ ‘कसैको हिँडाइको गति कस्तो हुने भनेर नाप्न खुट्टी देखेर चाल पाइन्छ ।’ राजधानी ताइपेईमा अवतरण भएदेखि १० दिनको बसाइका क्रममा त्यहाँको वातावरण नियाल्दा मनमा मात्र ‘वाउ’ भन्ने ‘फिलिङ’ आइरहेको थियो ।
ऐन–नियम पालनामा पनि ताइवानी एक कदम अगाडि रहेको पाएँ । सडकमा होस् कि सवारीसाधनमा, रेस्टुराँमा होस् कि अन्य सार्वजनिकस्थलमै किन नहोस् ? नियम पालना गर्नमा उनीहरू निकै सतर्क रहेको पाएँ । सोचिरहें, हाम्रो देश नेपाल के यति पनि हुन सक्दैन ? के नेपाली जनताले ताइवानी जनताले उपभोग गरिरहेको समृद्धि र विकास देख्न पाउ“दैनन् ? के साच्चै नै अझै हाम्रा नीति र व्यवस्था समृद्धि र विकासमुखी नभएकै हुन् त ? यस्तै–यस्तै ।
यहाँ ताइवानको विकासलाई वर्णन गरिरहँदा विश्वमा ताइवानको विकास के नै हो र ? भन्ने टिप्पणी पनि हुन सक्ला तर यहाँ म मेरो देशको विकासलाई ताइवानको विकाससँग दाँजिरहेकी छु । जब ताइवान नेपालको तुलनामा एकदम ठूलो र भौगोलिक रूपमा सम्पन्न मुलुक हुँदै होइन । हामीसँग भन्दा ताइवानसँग उब्जाउ र उपभोग्य जमिन कम छ त्यसैले पनि खाद्यान्न अन्य देशसँग किन्नुपर्ने बाध्यता छ ।

 

(Visited 463 times, 1 visits today)
Loading comments...