बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

शाखा अधिकृत परीक्षामा उत्तर लेख्दा विचार पुर्‍याउनुपर्ने पक्षहरू (लोकसेवा टिप्स)

राजधानी समाचारदाता
2 months ago
11/02/2019

 

१) प्रश्नपत्र धैर्यतापूर्वक पढ्ने, नबुझे दुई/तीनपटक पढेर बुझ्ने
२) लेख्न सुरु गर्नुअघि उत्तरको पक्षलाई ध्यान दिई खाका तयार गर्ने, प्रश्न दुई÷तीन खण्डमा विभाजन गरी सोधिने हुनाले सबैमा अंकभार रहन्छ तसर्थ सबै पक्ष समेटिने गरी उत्तरको खाका निर्माण गरेर लेख्न सुरु गर्ने
३) जुन प्रश्नको उत्तर दिनुभएको हो ‘प्रश्न नं. ……… को उत्तर’ लेख्नुहोस् ।
४) लेख्न सुरु गर्नुअघि प्रत्येक खण्डको एउटा शीर्षक दिनुहोस्, तपाईंको उत्तर बहकिँदैन ।
५) दुई÷तीनवटा कुराहरू प्रश्नमा सोधिने हुनाले उत्तर प्रस्तुत गर्दा विषयान्तर हुनासाथ उपशीर्षक दिएर लेख्नु राम्रो हुन्छ । जसबाट परीक्षार्थीले के विषयमा लेखेको छ भनी जाँचकीलाई अनुमान गर्न सजिलो हुन्छ ।
६) उत्तर लेख्न सुरु गर्न ज्यादै कठिन मानिन्छ । कहाँबाट सुरु
गर्ने ? के लेख्ने ? समस्या हुन सक्छ । त्यसैले, सकेसम्म पाठ्यक्रममा भएका सबै विषयको मुख्य तथा प्रभावकारी एवं आकर्षक कुरा तयार गरेर राख्नु राम्रो हुन्छ ताकि यो विषयको सबै पक्ष राम्ररी दिन सकिन्छ ।
७) प्रश्नले खोजेको उत्तरको परिचयात्मक प्रस्तुति होस् । यो तीन÷चार लाइनभन्दा बढी हुनुहुँदैन । त्यसपछि प्रश्नले खोजेको उत्तरमा सोझै प्रवेश गर्नुपर्छ । परिचय वा परिभाषा नै मागेको रहेछ भने परिचयात्मक प्रस्तुतिपछि त्यसैलाई निरन्तरता दिएर लेख्नुपर्छ ।

 


८) प्रश्नले मागेको सबै कुरालाई समेट्नुपर्छ तर कसरी ? जस्तैः
प्रश्नः– संगठन भन्नाले के बुझ्नुहुन्छ ? संगठनका आधारहरू वर्णन गर्दै संगठनमा नियन्त्रणको सीमा के कस्तो हुनुपर्छ ? स्पष्ट गर्नुहोस् ।
मुख्य शीर्षकः– ‘संगठन, गठनका आधार तथा नियन्त्रणको सीमा’
 संगठनको परिचय उपशीर्षक दिएर लेख्ने
 संगठन गठनका आधारहरू उपशीर्षक दिएर लेख्न
 नियन्त्रणको सीमा उपशीर्षक दिएर लेख्न
 नियन्त्रणको सीमामा ध्यानदिनुपर्ने कुराहरू नसोधे पनि समस्यामूलक प्रश्न भनी क्थििबदगक मा नै भनेकाले उत्तर चार÷पाँच लाइनमा दिँदा आकर्षक हुन्छ ।
९) उत्तरको अन्त्यमा ‘निष्कर्ष’ भनेर वा नभनेर नै उत्तरको बिट मार्नुपर्छ । निष्कर्षलाई सकेसम्म आकर्षक बनाएर प्रस्तुत गर्नुपर्छ ।
१०) कतिपय प्रश्नहरूले सिद्धान्त÷अवधारणा दिनुहोस् भनेर नमागे पनि त्यसको बिनाउत्तर अपूर्ण हुन सक्ने भएकाले प्रश्नको उत्तर दिँदा सिद्धान्त÷अवधारणा घुसाएर उत्तर दिनु उत्तम हो ।
११) प्रश्नको उत्तर दिँदा प्रासंगिक उदाहरण दिनु राम्रो हुन्छ । व्यवहारमा हामी कहाँ छौं, के छ ? भन्ने कुराको उदाहरण दिन सके झन् राम्रो हुन्छ ।
१२) कुनै विषयको समस्या दिनुपर्दा वा समाधानका उपायहरू प्रस्तुत गर्नुपर्दा वर्गीकृत रूपमा दिनु कार्यगत÷प्रक्रियागत÷व्यवहारगत आदि ।
१३) उत्तर प्रस्तुत गर्दा म्बतब, त्बदभि, ऋजबचत बनाउनु राम्रो मानिन्छ, जसले उत्तरलाई प्रभावकारी बनाउँछ ।
१४) लेखाई क्ष्mउभि र ऋभिबच बनाउने प्रयत्न गर्नुपर्छ सकेसम्म छोटाछोटा वाक्य हुनु राम्रो हो । प्याराग्राफमा लेख्ने हो भने पनि ८/१० लाइनभन्दा बढीको एबचबनचबउज राम्रो मानिँदैन ।
१५) केही शब्दहरू यस्ता हुन्छन्, जसलाई अंग्रेजीमा लेख्दा नेपालीमा लेख्दाभन्दा प्रभावकारी हुन्छन् । त्यस्ता शब्दहरू अंग्रेजीमा लेख्दा राम्रो हुन्छ । व्बचनयलक तथा अबतअज धयचमक पनि अंग्रेजीमै लेखिदिनु राम्रो ।
१६) लेखाई व्यगचलबष्कितष्अ तथउभ को राम्रो हुन्छ, च्भउयचत तथउभ वा भ्ककबथ तथउभ भन्दा । पहिलो वाक्य पढ्दा मुख्य कुरा थाहा होस् ।
१७) लेखाइ अरूको भन्दा आकर्षक होस् भनेर निरन्तर रूपमा ध्यान दिनुपर्छ ।

(Visited 175 times, 1 visits today)
Loading comments...