बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

निजामती सेवामा नैतिकता तथा सदाचार कायम गर्न र अख्तियारको दुरुपयोग रोक्ने सम्बन्धमा भएका कानुनी व्यवस्थाबारे प्रकाश पार्नुहोस् (लोकसेवा टिप्स)

राजधानी समाचारदाता
2 months ago
11/02/2019

 

अवधारणा र सिद्धान्त

सबैजसो सरकार (सैनिक शासकबाहेक)ले निजामती सेवाका राष्ट्रसेवकहरूलाई मुलुकको प्रशासन सञ्चालनमा महŒवपूर्ण जिम्मेवारी सुम्पेका हुन्छन् ।
सुम्पिएको जिम्मेवारी पूरा गर्न निजामती सेवाका राष्ट्रसेवकलाई विभिन्न ऐन कानुनबाट आवश्यक अधिकार र स्रोतसाधन राज्यको तर्फबाट प्राप्त भएको हुन्छ ।
मूलतः नीति निर्माणमा सरकारलाई सहयोग गर्नु तथा सरकारका नीति निर्देशन तथा ऐन नियमको कार्यान्वयन गर्नु उनीहरूको प्रमुख दायित्वभित्र पर्दछ ।
निजामती सेवाका राष्ट्रसेवकहरूको कार्यसम्पादनस्तरबाटै सरकारको छवि झल्कन्छ ।
नागरिकले तिरेको करबाटै उनीहरूले पारिश्रमिक पाउने र नागरिककै सुखसुविधाका लागि निजहरूलाई सरकारले नियुक्ति गरेको हुनाले राज्य तथा नागरिकले निजहरूबाट सेवा प्राप्त गर्दा सर्वमान्य आचरण, व्यवहार, नैतिकता र सदाचारको अपेक्षा राख्छन् ।
सर्वसाधारणको सुख, शान्ति र आर्थिक हितका निमित्त निजामती कर्मचारीमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न अत्यावश्यक हुन्छ ।

नैतिकता तथा सदाचार कायम गर्न तथा अख्तियारको दुरूपयोग रोक्न भएका कानुनी व्यवस्था

निजामती सेवा ऐन, २०५९ को परिच्छेद ७ मा आचरणसम्बन्धी व्यवस्था
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५
सार्वजनिक खरिद ऐन, २०६३ को परिच्छेद ८, दफा ६१ मा भएको व्यवस्था
सूचनाको हकसम्बन्धी ऐन, २०६४ दफा २९
अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८
भ्रष्टाचार निवारण ऐन, २०५९

निजामती सेवा ऐन, २०५९ को परिच्छेद ७ मा (दफा ४१–५८ सम्म) आचरणसम्बन्धी व्यवस्था

समयपालन र नियमितता
अनुशासन र आज्ञापालन
राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने
राजनीतिमा भाग लिन नहुने
सरकारको आलोचना गर्न नहुने
सरकारी कामकाजसम्बन्धी समाचार प्रकाश गर्नमा प्रतिबन्ध
दान उपहार चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध
कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
निर्वाचनमा भाग लिन नहुने
प्रदर्शन र हडताल गर्न प्रतिबन्ध
हडताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध
प्रतिनिधित्व गर्नमा प्रतिबन्ध
टेड युनियनसम्बन्धी व्यवस्था
सम्पत्ति विवरण
यातना दिन नहुने
सवैप्रति शिष्ट व्यवहार गर्नुपर्ने
आफ्नो जिम्मेवारी मर्यादापूर्वक निष्पक्ष, स्वच्छ तथा छिटोछरितो रूपमा गर्नुपर्ने
सेवागाहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने
आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुपर्ने

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४

सुशासन कायम गर्नु
निश्चित कार्यविधि पालना गर्नुपर्ने
निश्चित समयभित्र निर्णय गर्नुपर्ने
निर्णय गर्दा पारदर्शिता कायम गर्नुपर्ने
निर्णय गर्दा आधार र कारण खुलाउनुपर्ने
स्वार्थ बाझिएमा निर्णय गर्न नहुने
आफ्नो जिम्मेवारी पन्छाउन नहुने
पदीय तथा पेसागत आचरणसम्बन्धी व्यवस्था
पदीय उत्तरदायित्वको निर्वाह
विदेशमा खाता खोल्दा स्वीकृति लिनुपर्ने
अरूको अधिकारमा हस्तक्षेप गर्न नहुने

सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ पदीय तथा पेसागत आचरणसम्बन्धी व्यवस्था

अनुशासनमा रही इमानदारी र तत्परताका साथ कर्तव्यपालन गर्नुपर्ने
राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने
राजनीतिक दलको सदस्यका रूपमा कार्य गर्न नहुने
सार्वजनिक रूपमा सरकारको आलोचना गर्न नहुने
कानुनबमोजिमको गोप्यता कायम गर्नुपर्ने
तोकिएको जिम्मेवारी सम्पादनमा असर पर्न सक्ने गरी
दान, उपहार, चन्दा प्राप्त गर्न र सापटी लिन, दिन नहुने
कम्पनीको स्थापना, सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
निर्वाचनमा कुनै राजनीतिक दलको प्रचार गर्ने र समर्थक भई भाग लिन नहुने
कर्तव्यपालन गर्दा शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने

निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५

पदीय मर्यादासम्बन्धी व्यवस्था
पदीय मर्यादा कायम राख्नुपर्ने
उचित र समान व्यवहार गर्ने
कार्यालय समयमा कार्यालयसँग सम्बन्धित काम मात्र गर्ने
कार्यालयका सामान तथा सुविधाको दुरुपयोग गर्न नहुने
सूचना दिन वा दुरुपयोग गर्न नहुने
कामकारबाहीमा निष्पक्षता कायम गर्ने
व्यापार व्यवसाय गर्न नहुने
स्वार्थ रहेको विषयमा जानकारी गराउने
परिचयपत्र र पोसाक लाउनुपर्ने
राजनीतिक तटस्थता कायम गर्ने
पारदर्शिता कायम गर्ने
सेवा प्रवाह(छिटो छरितो, पूर्ण र गुणस्तरीय प्रदान गर्न प्रयत्नशील रहने
सेवा प्रदान गर्दा वृद्ध, अशक्त, अपांग, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने

पेसागत आचरणसम्बन्धी व्यवस्था

कानुनको जानकारी र पालना
पेसाको सम्मान गर्नुपर्ने
आफ्नो क्षमता विकास गर्न प्रयत्न गर्ने
पेसागत अनुमतिपत्र पालना गर्नुपर्ने
गुणस्तरीय रूपमा कार्यसम्पादान गर्ने
व्यावसायिक मापदण्डको पालना
निर्देशनको पालना
आर्थिक अनुशासन र सदाचारिता

विविध

माथिका कर्मचारीप्रति उचित आदरभाव र मुनिका कर्मचारीप्रति उचित व्यवहार देखाउनुपर्ने
जानकारी गराउनुपर्ने
अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९
अनुचित कार्य
आफ्नो अधिकारभित्रको कुनै काम गर्न इन्कार गरेको वा आफ्नो अधिकार नभएको कुनै काम गरेको
निर्णय वा आदेश गर्दा बाध्यात्मक रूपमा पालन गर्नुपर्ने कार्यविधि पालना नगरेको
आफूलाई प्राप्त अधिकार सम्बन्धित कानुन, निर्णय वा आदेशविपरीत अर्कै उद्देश्य वा कार्यमा प्रयोग गरेको
आफ्नो तजबिजी अधिकार बदनियतसाथ वा स्वेच्छाचारी रूपमा प्रयोग गरेको
आफ्नो पदको प्रकृतिअनुसार पालन गर्नुपर्ने कुनै पदीय कर्तव्य पालन नगरेको
अन्य

भ्रष्टाचार

भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ दफा ३ देखि दफा २४ सम्ममा उल्लेख भएबमोजिम सजाय हुने कसुरलाई भ्रष्टाचार भनिन्छ ।
रिसवत् लिने
बिनामूल्य वा कम मूल्यमा वस्तु वा सेवा लिने
दानदातव्य उपहार वा चन्दा लिने
कमिसन लिने
राजस्व चुहावट गर्ने
गैरकानुनी लाभ वा हानि पु¥याउने बदनियतले काम गर्ने
गलत लिखत तयार गर्ने
गलत अनुवाद गर्ने
सरकारी कागजात सच्याउने
अन्य

सार्वजनिक खरिद ऐन, २०६३

खरिद कारबाहीमा बोलपत्रदाताको स्वच्छ प्रतिस्पर्धा हुने गरी
आफ्नो कर्तव्य निष्पक्ष ढंगले पालना गर्ने
खरिद कारबाहीको सञ्चालन सार्वजनिक हित हुने गरी गर्ने
खरिद सम्बन्धमा आफ्नो काम वा आचरण वा व्यवहारबाट स्वार्थ बाझिने कार्य नगर्ने
भ्रष्टाचारजन्य वा जालसाजीपूर्ण कार्य गर्न वा त्यस्तो कार्यमा संलग्न हुन नहुने
प्रतिस्पर्धाको लाभबाट वञ्चित गर्ने÷गराउने उद्देश्यले बोलपत्र वा प्रस्ताव पेस गर्नुभन्दा अघि वा पछि मिलेमतो गर्ने वा गुटबन्दीमा संलग्न हुन नहुने
अन्य

सूचनाको हकसम्बन्धी ऐन, २०६४

सूचनादाताको संरक्षण (दफा २९) ः
सार्वजनिक निकायमा भएको वा भइरहेको वा हुन सक्ने भ्रष्टाचार, अनियमितता र प्रचलित कानुनबमोजिम अपराध मानिने कुनै कार्यको सूचना दिनु सम्बन्धित सार्वजनिक निकायका कर्मचारीको
दायित्व हुनेछ

तीन समस्याहरू

निजामती कर्मचारीलाई आफूले पालना गर्नुपर्ने नैतिकता, सदाचार तथा आचरणबारे राम्ररी जानकारी हुने नगरेको
सबै सरकारी निकायका कर्मचारीको आचार संहिता बनिनसकेको (केही निकायले मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भन्सार विभाग आदिका कर्मचारीका लागि आचार संहिता जारी भएको)
केन्द्रीय निकायमा काम गर्ने निजामती कर्मचारीले पालना गर्नुपर्ने कर्तव्यको प्रकृतिलाई विचार गरी पदीय र पेसागत आचरण हालसम्म तयार नभएको
सम्बन्धित निकायले आचरणसम्बन्धी नियम पालन भए÷नभएको बारे अनुगमन गर्ने नगरेका
ल कार्यालयले आफ्ना कर्मचारीलाई आचरणसम्बन्धी नियमावलीमा भएको व्यवस्था जानकारी गराउनुपर्ने नियमावलीमा व्यवस्था भए पनि सो को पूर्णरूपमा पालना नभएको
निजामती कर्मचारीबाट निर्धारित आचरणहरूको व्यापक रूपमा उल्लंघन हुने गरेको
आचरण उल्लंघन गर्ने कर्मचारीलाई खासै कारबाही हुने नगरेको र यस्ता घटनालाई हलुका रूपमा लिने गरिएको
भ्रष्टाचारबाहेक अन्य आचरण उल्लंघनका घटनामा कडा कारबाही गर्न सक्ने कानुनी व्यवस्था नभएको
अन्य मुलुकमा भएको अभ्यासलाई नेपालमा पनि एकैचोटि लाद्न खोजिएको
नैतिकता र सदाचारयुक्त तथा भ्रष्टाचारमुक्त निजामती सेवा बनाउन सरकारी प्रतिबद्धताको सर्वथा अभाव

चार सुझावहरू

सबै निकायमा काम गर्ने सबै तहका निजामती कर्मचारीलाई हुने गरी सरल भाषामा आचार संहिता बनाई निश्चित समयावधिभित्र लागू गर्ने व्यवस्था गर्ने
नैतिकता, सदाचार, आचरण, अनुचित कार्य तथा भ्रष्टाचारबारे सबै तहका कर्मचारीलाई अभियानका रूपमा तालिम तथा यचष्भलतबतष्यल दिने
सबै तहका निजामती कर्मचारीको नैतिकता, सदाचार, आचरण, अनुचित कार्य तथा भ्रष्टाचार सम्बन्धमा नियमित रूपमा अनुगमन गर्ने र प्रतिवेदन लिने व्यवस्था गर्ने
कमजोर नैतिकता, सदाचार र आचरण प्रदर्शन गर्ने तथा अनुचित कार्य गर्ने कर्मचारी उपर कडा कानुनी कारबाही गर्ने व्यवस्था गर्ने र यस्ता गुणहरूलाई नकारात्मक सूचीमा राखी वृत्तिविकाससँग आबद्ध गर्ने
उच्चस्तरको नैतिकता, सदाचार तथा आचरण देखाउने कर्मचारीलाई पुरस्कृत गर्ने
निजामती कर्मचारीको क्षमता विकासका लागि बृहत् रूपमा कार्यक्रम सञ्चालन गर्ने
निजामती कर्मचारीलाई सम्मानपूर्वक बाँच्न पुग्ने गरी तलब तथा अन्य सुविधा वृद्धि गर्ने

 

(Visited 167 times, 1 visits today)
Loading comments...