मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

९७ वर्षीय राजकुमार फिलिपले त्यागे सवारी अनुमतिपत्र

एजेन्सी
2 months ago
11/02/2019

 

लन्डन।बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रूपमा त्याग गरेको घोषणा गरेका छन् । गत महिना फिलिप आफैंले चलाएको ल्यान्ड रोभर जिप दुर्घटना भएपछि सञ्चारमाध्यममा बुढ्यौली उमेरमा सवारी चलाउनेबारे बहस सुरु भएको थियो । ९७ वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुन् ।

बकिङ्घम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रूपमा लाइसेन्स त्याग गरेका छन् । प्रहरीले राजदरबारको बाहिरपट्टि भएको उक्त दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्तासमक्ष पठाएको जनाएको छ । ‘नर्फोक प्रहरीले ल्यान्ड रोभर जिपका ९७ वर्षीय चालकले स्वेच्छिक रूपमा लाइसेन्स फिर्ता गर्नुभएको छ,’ प्रहरीले पुष्टि गरेको छ । ‘राजदरबारबाहिरको सान्ड्रिन्घाममा फिलिपले हाँकेको गाडी अर्को गाडीसँग ठोक्किएको र त्यससम्बन्धी प्रतिवेदन राजदरबारका अभियोजन सेवा (सीपीएस) समक्ष पठाइएको छ ।’

सीपीएसका एक जना प्रवक्ताले घटनामा राजकुमारको नाम जोडिएकाले त्यसैअनुरूप घटनाबारे छानबिन गरिने बताएका छन् तर प्रहरीले फिलिपमाथि कारबाही गर्ने सम्भावना ज्यादै न्यून रहेको विश्लेषकले बताएका छन् ।

फिलिपको जिपले किया कारलाई ठक्कर दिएको थियो । प्रहरीले किया कारको पछिल्लो सिटमा रहेका बालकलाई भने केही भएको छैन । कारमा सवार एक महिलाको कम्मर भाँचिएको र घुँडामा चोट लागेको छ ।

राजकुमार फिलिपले सन् २०१७ देखि सार्वजनिक जीवनबाट अवकाश लिएका थिए । उनको गत वर्ष अप्रिलमा पिठ्युँ प्रतिस्थापन शल्यक्रिया गरिएको थियो ।

 

 

(Visited 32 times, 1 visits today)
Loading comments...