सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

राहुलमाथि शिवराजको आरोप

राजधानी समाचारदाता
1 week ago
11/02/2019

 

भडोडारा । भारतको मध्यप्रदेशका पूर्वमुख्यमन्त्री शिवराजसिंह चौहानले भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाएका छन् ।

गान्धीले अरूलाई जेजस्ता आरोप लगाउँदै आएका छन् ती सबै झुट र अस्वीकार्य भएको चौहानको भनाइ छ । अध्यक्ष गान्धीले केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई डराउने व्यक्तिका रूपमा चित्रित गर्दै खुला बहसका लागि आउन चुनौती दिए ।

नेता चौहानले अध्यक्ष गान्धीका अभिव्यक्ति खराब भएको र उनले झुट कुरा दोहो¥याउन गरेको आरोप लगाए । गान्धीका ती आरोपको खण्डन गर्दै मुख्यमन्त्री चौहानले आज सो भनाइ राखेका हुन् ।

 

(Visited 39 times, 1 visits today)
Loading comments...