राजधानी समाचारदाता
1 week ago
0
काठमाडौं । बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले पाँचौं राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार सम्मान गरेको छ ।
दोलखामा भएको उक्त प्रतियोगितामा पारामाउन्टमा अध्ययनरत खेलाडीले एक स्वर्ण र दुई कांस्य जितेका थिए । पुरुष ४५ केजीमा राजन भोलुन तामाङले स्वर्ण जितेका थिए । पुरुष ५० केजीमा सरल राजभण्डारी र ६० केजीमा प्रवीण कार्कीले कांस्य हात पारेका थिए । दोस्रो किड्स अभिभावक दिवस तथा सम्मान कार्यक्रममा पारामाउन्टका अध्यक्ष सांसद जगदीश्वरनरसिंह केसी र पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले उनीहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा एडु टेक संस्थाले आयोजना गरेको ह्यान्डराइटिङ प्रतियोगितामा पहिलो भएकी पारामाउन्टकै श्रेया गौतमलाई पनि सम्मान गरियो ।