सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

न्युजिल्यान्डलाई टी–२० सिरिज

एजेन्सी
1 week ago
11/02/2019

 

ह्यामिल्टन। घरेलु टोली न्युजिल्यान्डले भारतविरुद्धको तीन खेलको टी–२० सिरिज हात पारेको छ । तेस्रो तथा निर्णायक खेलमा निकै नै रोमाञ्चक बनेको भारतलाई ४ रनले पराजित गर्दै न्युजिल्यान्डले सिरिज २–१ ले जितेको हो । जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा टिम साउथीले ११ रन मात्र खर्चेपछि घरेलु टोलीको जित पक्का भएको हो । ओडीआई सिरिजमा ४–१ को फराकिलो हार बेहोरेको न्युजिल्यान्डले टी–२० सिरिज भने २–१ ले जितेको छ ।

ह्यामिल्टनमा न्युजिल्यान्डले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारतले २० ओभरमा ६ विकेट गुमाई

२०८ रन मात्र जोड्न सक्यो । क्रुनल पान्ड्या र दिनेश कार्तिकले सातौं विकेटका लागि आक्रामक साझेदारी गर्दै टिमलाई जिततर्फ डो¥याए पनि हार टार्न सकेन । उनीहरूले सातौं विकेटका लागि नटआउट ६३ रनको साझेदारी गरेका थिए । दिनेश १६ बलमा ४ छक्कासहित ३३ रनमा नटआउट रहँदा क्रुनलले २ चौका र २ छक्कासहित १३ बलमा २६ रनमा अविजित रहे । कप्तान रोहित शर्माले ३८ रन जोड्दा विजय शंकरले २८ बलमा ५ चौका र २ छक्कासहित ४३ रनको योगदान दिए । ऋषभ पन्तले २८ रन बनाए । हार्दिक पान्डेयले २१ रन जोडे । न्युजिल्यान्डका लागि मिचेल सान्टनर र डेरिल मिसेलले समान २–२ तथा स्कट कुग्गेलेजिन र बलेर तिक्नरले समान १–१ विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले आक्रामक सुरुवात गरेपछि २० ओभरमा ४ विकेट गुमाउँदै २१२ रन जोडेको थियो । न्युजिल्यान्डका लागि कोलिन मुनरोले सर्वाधिक ७२ रनको योगदान दिए । टिम सिफर्टले ४३ रन जोडे । उनीहरूले पहिलो विकेटका लागि ८ ओभरमा ८० रन बनाएको थियो ।

कप्तान केन विलियमसनले २७ रन बनाए । कोलिन डे ग्रान्डहोमले ३० रनको योगदान दिए । डेरिल मिसेलले १९ तथा रोस टेलरले १४ रन जोडे । भारतका कुलदिप यादवले २ तथा भुवनेश्वर कुमार र खलिल अहमदले १–१ विकेट हात पारे ।

 

 

 

(Visited 43 times, 1 visits today)
Loading comments...