मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

प्रधानसेनापति खुला म्याराथन फागुन तेस्रो साता

राजधानी समाचारदाता
2 months ago
11/02/2019

 

काठमाडौं । ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको चौथो संस्करण फागुन तेस्रो सातादेखि आयोजना हुने भएको छ । नेपाली सेनाले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको चौथो संस्करण १८ फागुन शिवरात्रीको दिन हुने जानकारी गराएको हो ।

चौथो संस्करणको म्याराथनमा पाँच विधा समावेश गरिएको र पुरस्कार राशिमा समेत वृद्धि गरिएको सैनिक शारीरिक तथा खेलकुद केन्द्र लगनखेलका केन्द्रपति शशिकिरण रायमाझीले जानकारी गराए । म्याराथन खुला पुरुष मात्रै प्रतिस्पर्धा हुनेछ । हाफ म्याराथनमा महिला र पुरुषमा ४५ वर्षमुनि र ४५ वर्षमाथि प्रतिस्पर्धा हुनेछ । १० किलोमिटर दौड विदेशी सैनिक सहचारी र नेपाली सैनिक अधिकृतहरूबीच महिला र पुरुषतर्फ हुनेछ । ५ किलोमिटर दौडमा सैनिक महाविद्यालयका छात्र÷छात्राबीच म्याराथनको विजेताले १ लाख २५ हजार रूपैयाँसहित एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । पुरस्कारमा गत वर्षभन्दा २५ हजार रुपैयाँले वृद्धि गरिएको हो । दोस्रो हुनेले ६५ हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार र सातौंले ५ हजार रुपैयाँ हात पार्नेछन् ।

हाफ म्याराथनको महिला र पुरुषतर्फको ४५ वर्षसम्मका विजेताले समान ५० हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ हात पार्नेछन् । यस्तै ४५ वर्षमाथिको महिला र पुरुषको विजेताले समान ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

 

(Visited 24 times, 1 visits today)
Loading comments...