सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

सुर–साधनामा गुन्जिइन् राधिका

राजधानी समाचारदाता
1 week ago
11/02/2019

 

काठमाडौं  । गायिका राधिका भण्डारीले आफ्ना एकल गीतमार्फत दर्शकको मन जितेकी छन् । वसन्त पञ्चमीको छेको पारेर आयोजना गरिएको ‘सुर–साधना’ कार्यक्रममा यसपटक गायिका भण्डारीले एक प्रस्तुति दिइन् । कार्यक्रममा उनले  शास्त्रीय, आधुनिक, भजन, पपजस्ता विविध विधाका आठ गीत प्रस्तुत गरिन् ।

एक घन्टाको बसाइमा उनले सुरुमा प्रत्यक्ष संगीतमा राग श्याम कल्यान, बुझेर सारा सृष्टिको…भजन सुनाइन् । यसपछि उनले तिमीलाई पाउने…, आफ्नो मान्छे पराई भयो…, म आँखैमा राखिने…, गाउँबेसीको चोखो माया…, गहिरो गहिरो सागरजस्तै…र  हलचल हलचल… गीत गाइन् ।

 

 

(Visited 8 times, 1 visits today)
Loading comments...