बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

भुवन र अनमोल नेपालगन्जमा

रुद्र सुवेदी
6 months ago
11/02/2019

 

नेपालगन्ज। अग्रज अभिनेता एवं निर्माता भुवन केसी र उनका छोरा एवं युवा अभिनेता अनमोल केसी १७ फागुनबाट रिलिज हुने आफ्नो नयाँ चलचित्र ‘क्याप्टेन’को प्रचारका लागि नेपालगन्ज आइपुगेका छन् । भुवन र अनमोलले यो चलचित्र नेपाली फुटबलको कथावस्तुमा आधारित रहेको पहिलो चलचित्र भएको जिकिर गरे । आइतबार सञ्चारकर्मीसँगको भेटघाटमा निर्माता भुवन केसीले नेपाली फुटबलको विकासको लागि पनि एकपटक चलचित्र क्याप्टेन हेरिदिन आग्रह गरे ।

अभिनेता अनमोल केसीले पनि यो चलचित्रले नेपाली फुटबलसँगै खेलकुदमा समर्पित भएको दाबी गरे । अभिनेता अनमोल केसीले जीवनमा कहिल्यै फुटबल नखेलेको भए पनि डेढ महिना निरन्तर हरि खड्कासँग फुटबलको प्रशिक्षण लिएर आफू क्याप्टेनमा फुटबल खेलाडीको रूपमा प्रस्तुत भएको जानकारी गराए ।

फिल्ममा नेपाली फुटबल खेलाडीले गरेको संघर्षको कथामा आफू प्रस्तुत भएको पनि अनमोलले बताए, ‘मैले नेपाली फुटबललाई चिनाउनका लागि क्याप्टेनमा धेरै मेहनत गरेको छु ।’ उनले खेलको माध्यामबाट सामाजिक सद्भाव कायम गर्नको लागि समेत सन्देश दिएको बताए ।

अनमोलले भने, ‘सबै नपाली एक सबै धर्म एक भन्ने मूल सन्देश दिन खोजिएको छ । सरकार र नेपाली जनताले आफ्ना खेलाडीको  मनोबल बढाउँदै विजयी हुनका लागि हौसला दिन आवश्यक रहेको सन्देश हाम्रो फिल्मले दिनेछ ।’ अनमोलले अगाडि थपे, ‘हाम्राबीचमा भएका विभिन्न थितिबेथितिलाई अलग्गै पन्छाएर देशको प्रतिनिधित्व गरेर खेल्न जाने खेलाडीको मनोबल बढाउन सबैले सबै क्षेत्रबाट पहल गर्न जरुरी छ ।’

(Visited 58 times, 1 visits today)
Loading comments...