बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

बक्यौता उठाउन अर्थ समितिको निर्देशन

राजधानी समाचारदाता
6 months ago
11/02/2019

काठमाडौं।   संघीय संसद्को अर्थ समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई बक्यौता रकम उठाउन निर्देशन दिएको छ । आइतबार बसेको अर्थ समितिको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको पुस मसान्तसम्मको नौ दूरसञ्चार सेवा प्रदायक कम्पनीको कुल २ अर्ब ९६ करोड रुपैयाँ एक महिनाभित्र उठाउन निर्देशन दिएको हो ।

समितिको बैंठकले मन्त्रालयलाई विभिन्न नौ दूरसञ्चार सेवा प्रदायक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने फ्रिक्वेन्सी दस्तुर, नवीकरण दस्तुर, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता एक महिनाभित्र उठाउन निर्देशन दिएको हो । हाल प्राधिकरणले स्मार्ट टेलिकमबाट सबैभन्दा बढी बक्यौता रकम उठाउनुपर्र्नेछ । स्मार्टको १ अर्ब ४० करोड बक्यौता रकम बाँकी छ ।

त्यस्तै, युनाइटेड टेलिकमको ७९ करोड ४२ लाख र नेपाल स्याटलाइटको ७३ करोड ७५ लाख रुपैयाँ बाँकी रहेको छ । सो बक्यौतालाई सरकारी बाँकी सहर मानेर उठाउने र नउठेमा त्यस्ता सेवा प्रदायकको लाइसेन्ससमेत खारेजी गर्न अर्थ समितिले निर्देशन दिएको छ ।

 

 

(Visited 31 times, 1 visits today)
Loading comments...