बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

महिला फुटबल : नेपाल–भारत भिड्दै

रासस
6 months ago
11/02/2019

काठमाडौँ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले सोमबार घरेलु टोली भारतको सामना गर्दैछ ।

पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न सोमबारको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार सोमबार साँझ ७ बजे शुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ । सोमबारको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ । प्रतियोगितामा एक÷एक जित निकालेको भारत र म्यानमारको समान तीन÷तीन अङ्क छ । नेपाल र इरानले अङक जोड्न सकेका छैनन् । राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् ।

(Visited 51 times, 1 visits today)
Loading comments...