सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

चन्द्रागिरीकाे फोहरलाई मोहरमा रूपान्तरण गर्ने योजना

राजधानी समाचारदाता
1 week ago
11/02/2019

काठमाडौं । चन्द्रागिरीका नगर प्रमुख धनश्याम गिरीले चन्द्रागिरीबाट निस्कने फोहरलाई मोहरमा रूपान्तरण गर्न कार्य योजना तयार भईरहेको बताएका छन् ।

‘फोहोर नफालौँ स्वास्थ रहौँ, सभ्य समाजको निर्माण गरौँ’ भने नाराको साथ खहरे तथा कुते खोला सरसफाइ अभियान २०७५ र सामुदायिक प्रहरी साझेदारी अन्तर्गत महानगरीय प्रहरी वृत्त थानकोटको आयोजनामा सुरू भएको सप्ताह व्यापी सरसफाइ अभियानको उद्घाटन गर्दै नगर प्रमुख गिरीले चन्द्रागिरीको घरघरबाट निस्कने फोहोरलाई सदुपयोगमा ल्याई सभ्य समाज निर्माणको कार्ययोजना बनाइने बताएका हुन् ।

नगर प्रमुख गिरीले भने, ‘हामी वृहत् योजना, कार्यनिति बनाई सबैको घरघरबाट निस्कने प्लास्टिक जन्य, कागजन्य, फलाम जन्य , सिसा जन्य र कुँहिने फोहोरलाई संकलन गरेर आर्थिक रूपान्तरणको बाटोमा लाने काम अब चन्द्रागिरि नगरले गर्छ ।’

कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले वढ्दो शहरीकरण संगै फोहर व्यस्थापनमा समुदायमा आधारीत समाजको विकास रूपान्तरणमा प्रहरीको सक्दो सहयोग रहने बताए । उनले समाजमा हुने हरेक क्रियाकलाप गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष भुमिकामा प्रहरीको सधैँ रहने हुँदा समाजलाई सभ्य भयरहित बनाउने कार्यमा कुनै कसर नराख्ने बताए ।

कार्यक्रम बोल्दै नेपाली काँग्रेसका नेता जीवन गिरीले समाजलाई स्वस्थ राख्नु सवै नागरिकको कर्तव्य भएको हुँदा स्वस्थ सभ्य समाज निर्माणमा सबैले हातेमालो गर्नुपर्ने बताए ।

कार्यक्रममा वोल्दै समाजसेवी राजु वखतीले हरेक नागरिकको चेतनास्तर माथि उठ्नु पर्ने भन्दै वेलुका भए पछि घरको फोहौर खोलामा फ्यालने परिपाटी बन्द हुनुपर्ने बताए ।

समाज सेवी तथा कृषि सहकारी दहचोकका अध्यक्ष विरवल थापाले घरघरबाट निस्कने फोहौर व्यवस्थापनमा समस्या देखिएको हुँदा नगरपालिकाले छिटै नयाँ अवधारणा बनाउन तत्काल आवश्यक रहेको औँल्याए ।

सरसफाइमा कार्यक्रम स्थानीय संघ सस्थाको प्रतिनिधि ,युवा कल्वका प्रतिनिधि राजनितीकर्मी विद्यार्थीहरूको सहभागीता रहेको थियो । आज मात्रै उत्त क्षेत्रवाट करिव २ टन फोहोर खोलावाट निकालिएको थियो ।

(Visited 18 times, 1 visits today)
Loading comments...