सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

भैंसेपाटीको कार्पेट गोदाममा आगलागी

राजधानी समाचारदाता
1 week ago
11/02/2019

काठमाडौं । ललितपुरको भैंसेपाटी-२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा आगलागी भएको छ ।

सोमबार दिउँसो भएको आगलागीमाबाट गोदाममा रहेको कार्पेट, फोम तथा युपिभिसीहरु जलेर नष्ट भएका छन् ।

दिउँसो करिब १ बजेबाट सुरु भएको आगाे नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ । आगलागी भएको खबर आएलगत्तै काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेका थिए ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको ललितपुर प्रहरीले जनाएको छ ।

(Visited 33 times, 1 visits today)
Loading comments...