बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

आगलागीबाट जलेर एकजनाको मृत्यु

श्रीकृष्ण सिग्देल
2 months ago
11/02/2019

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका १ स्थित गाडखानीमा आगलागी हुँदा धनजनको ठुलो क्षती भएको छ । आगलागीबाट जलेर एकजनाको मृत्यु भएको छ ।

सोमवार विहान स्थानीय ५८ बर्षिय बलबहादुर थापाको २ तले टिनले छाएको कच्ची घरमा एक्कासी आगालागी हुँदा उक्त घट्ना भएको हो ।

सोही घर कुरेर बस्ने बर्ष २८ को कृष्ण कामीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
आगालागी भएको थाहा हुने वित्तिकै नजिकै रहेको प्रहरी चौकीका प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइएको भण्डारीले बताए ।

अगलागीबाट थापाको घरभित्र रहेको अन्नपात, भाडावर्तन, सिमेन्ट, काठपात जलेर पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार आगलागीबाट थापाको १४ लाख ८० हजार बराबरको क्षती भएको छ ।

मृतक कामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको बताइएको छ । आगलागी कसरी भयो भन्ने बारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...