सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

फरार अभियुक्त ३६ बर्ष पछि पक्राउ

श्रीकृष्ण सिग्देल
1 week ago
11/02/2019

स्याङ्जा । अंशबण्डा मुद्धामा जिल्ला अदालतले जरिवाना र २ बर्ष कैद तोकेको फरार अभियुक्त ३६ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

२०३३ साल पुष २३ गते मुद्धा दर्ता भई २०३९ साल साउन १७ गते सो मुद्धा फैसाला भएको थियो । मुद्धा फैसला थाहा पाए लगत्तै फरार रहेका साविक श्रीकृष्णगण्डकी गाविस १ हाल श्रीकृष्णगण्डकी गाँउपालिका ५ बस्ने ७५ बर्षीय झिल्लुप्रसाद न्यौपानेलाई माघ २७ गते पक्राउ गरेको हो ।

पक्राउ परेका न्यौपानेलाई जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाएको सुचना अधिकारी नविनकृष्ण भण्डारीले जानकारी दिए । प्रहरीले पछिल्लो समय अदालतबाट जरिवाना र कैद भुक्तान फैसालाका अभियुक्तहरुलाई धमाधम पक्राउ गरेको छ ।

(Visited 59 times, 1 visits today)
Loading comments...