बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

एक वर्षदेखि मजदुरले ज्याला पाएनन्

विश्वनाथ सिम्खाडा
2 months ago
11/02/2019

                        तस्बिर : विश्वनाथ सिम्खाडा

कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटको आवास भवन निमार्ण गर्ने क्रममा एक वर्षसम्म काम गर्दा ज्याला नपाएको गुनासो मजदुरहरुले गरेका छन् ।

एक वर्षसम्म ४५ जना दक्ष तथा अदक्ष कामदारहरुले मजदुरी गरेको ज्याला नपाएकाले सोमवार मान्ममा पत्रकार सम्मेलन मार्फत यस्तो गुनासो गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कालिकोटको आवास भवन निर्माणको जिम्मा लिएको रविना बडिमालिका कन्टक्सन प्रालिका देवजंग शाही र प्रतिनिधि मनजित शाहीले ६२ लाखको कामको जिम्मा दिए पनि भुक्तानी आफैँले लिएर भगेको पीडित तेजवहादुर शाहीले बताए ।

कन्टक्सनका प्रमुख शाहीले प्रतिनिधि मन्जित शाहीमार्फत सम्झौता गरेको कामदारहरुलाई एक वर्षसम्मको १९ लाख ज्याला भुक्तनी नदिएर ठगेको पीडितहरुले आरोप लगाएका छन् । ठेकेदारहरुले ज्याला मजदुरी ठगेकोले पीडितहरुले प्रहरीले उजुरी लिन नमानेको र जिल्ला प्रशासन कार्यालयमा उजुरी लिएर जाँदा प्रहरी प्रमुख डिएस्पी बिनोद शर्माले धम्की दिएको पीडित दर्न मल्लले बताएका छन् ।

उता सह ठेकेदार मनजित शाहिसंग सोध्दा उनका अनुसार १८ लाख पैसा निकालि सरिया सिमेन्टको लागि भुक्तानी गरेको र लेवरलाई नदिएको स्वीकार गरेका छन् । ‘रकम हामीले पनि पुरै भुक्तनी पाएका छैनौँ,’ उनले भने अव तत्काल पैसा निकालि लेवरको पारिश्रमिक वुझाउने बताए ।

काम गर्नका लागि सम्झौता गर्ने ठेकेदार कांग्रेस कालिकोटका कोषाध्यक्ष मनजित शाही सम्पर्क विहिन अवस्थामा रहेको भनी पिडितले गुनासो गरेका छन् । यसका बारेमा प्रमुख जिल्ला अधिकारी चन्द्रवहादुर कार्कीले यस विषयमा ठेकेदारहरु नै काम पुरा नगरी भागेकाले सम्स्या भएको प्रतिक्रिया दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कालिकोटको आवास भवन निमार्ण गर्ने क्रममा एक वर्ष सम्म काम गर्दा ज्याला नपाएको भन्दै मजदुरले पत्रकार सम्मेलन गरि गुनासो गरेका छन् ।

(Visited 100 times, 1 visits today)
Loading comments...