सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

५० स्थानीय तह अझै बैंकविहीन

राजधानी समाचारदाता
7 days ago
12/02/2019

 

 

काठमाडौं । सरकारले ७५३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पु¥याउने घोषणा गरे पनि ५० स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल ७०३ स्थानमा बैंक पुगेका छन् भने विभिन्न कारण देखाउँदै ५० स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् । ती स्थानीय तह दुर्गम भएकाले बैंकलाई आवश्यक पर्ने विभिन्न भौतिक सुविधा, इन्टरनेट, बिजुली, बाटोघाटो, शान्ति सुरक्षा पुग्न सकेको छैन ।

भौतिक सुविधाकै कारण त्यस्ता क्षेत्रमा बैंक जान समस्या परेको राष्ट्र बैंकले जनाएको छ । तर, बैंकहरूले जाने प्रयास भने गरिरहेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार बैंक नपुगेका स्थानमा बैंकलाई पठाउने प्रयास भइरहेको छ । तर, ती स्थानमा कहिलेसम्म बैंक पुग्ने भन्ने चाहिँ यकिन छैन ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ६८८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । आगामी चैत मसान्तभित्र बाँकी रहेका ५० स्थानीय तहमध्ये ३० वटामा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार हुनेछन् । बाँकी रहने २० स्थानीय तहमा भने आगामी आर्थिक वर्षमासम्म पुग्ने भएका छन् ।

 

(Visited 21 times, 1 visits today)
Loading comments...