मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

भारतविरुद्ध नेपालको जित

राजधानी समाचारदाता
2 months ago
12/02/2019

 

 

काठमाडौं। नेपाली राष्ट्रिय महिला टिमले हिरो गोल्डकपअन्तर्गत समूहको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । कलिंगा रंगशालामा सोमबार भएको खेलमा नेपाली महिला टिमले भारतको सिनियर महिला टोलीलाई पहिलोपटक पराजित गरेको हो । नेपालले भारतलाई २–१ ले पराजित गरेको हो ।

नेपालका लागि फरवार्ड सावित्रा भण्डारीले २ गोल गरेकी थिइन् । नेपालले खेलको सातौं मिनेटमा नै २–० को अग्रता लिएको थियो । खेलको पाँचांै मिनेटमा नै नेपालका लागि सावित्राले पहिलो गोल गरेकी थिइन् ।

उनले हिराकुमारी भुजेलको पासमा सावित्राले गरेको प्रहार भारतीय गोलरक्षक अद्वीति चौहानले क्लियर गर्न नसक्ने गोल भएको थियो । त्यसको २ मिनेटमै सावित्राले दोस्रो गोल गरिन् । मनमाया लिम्बूको प्रहारलाई भारतीय गोलरक्षक अद्वीतिले क्लियर गर्न नसकेपछि गोल लाइनबाट सावित्राले प्रहार गरेको बल गोलमा परिणत भएको थियो

खेलको ८४औं मिनेटमा भारतका लागि रतनाबाला देवीले फ्री किकमार्फत गोल गरेकी थिइन् । यो जितका साथ नेपालको फाइनल प्रवेशको सम्भावना बलियो भएको छ । पहिलो खेलमा म्यानमाविरुद्ध ३–० ले पराजित नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा म्यानमार छ । पहिलो खेलमा नेपाललाई म्यानमारले ३–० ले पराजित गरेको थियो । नेपालले अब इरानसँग खेल्नेछ ।

(Visited 77 times, 1 visits today)
Loading comments...