बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

एपीएफ समूह विजेता

राजधानी समाचारदाता
6 months ago
12/02/2019

 

कुश्मा ।  साबिकको विजेता विभागीय नेपाल एपीएफ क्लब र उपविजेता होङ्गान्जी न्यु डायमन्ड एकेडेमी तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पर्वतको सदरमुकाम कुश्मामा सोमबारबाट सुरु भएको प्रतियोगितामा एपीएफ समूह ‘ए’बाट विजेता तथा न्यु डायमन्ड समूह ‘बी’बाट विजेताका रूपमा अन्तिम चारमा पुग्न सफल भएको हो ।

एपीएफले सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो । पहिलो खेलमा आर्मीलाई २५–७, २५–२३ र २५–१५ ले सहजै पन्छाएको एपीएफले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २५–७, २५–१३ र २५–१९ ले पराजित गर्दै समूह विजेता बन्यो ।

यो समूहबाट पुलिस र गण्डकी प्रदेशमध्ये एक टोली सेमिफाइनलमा स्थान बनाउनेछ । यी दुई टोलीबीचको खेल मंगलबार हुनेछ । सोमबारै भएको अर्काे खेलमा न्यु डायमन्डले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो । एकपक्षीय बनेको खेलमा डायमन्डले पहिलो सेटमा डायमन्डले २५–१४ को सहज जित निकालेको थियो ।

केही रोमाञ्चक बनेको दोस्रो सेट डायमन्डले २५–२० र तेस्रो सेट २५–१५ को सहज जित निकाल्यो । पराजित भए पनि पुलिस समूह उपविजेताका रूपमा अन्तिम चारमा पुग्न सफल भयो ।

 

 

(Visited 28 times, 1 visits today)
Loading comments...