बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

मध्यपुर र सातदोबाटो विजयी

राजधानी समाचारदाता
6 months ago
12/02/2019

 

 

काठमाडौं। मध्यपुर युथ एसोसिएसन र सातदोबाटो युथ क्लब राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा सातदोबाटोले श्री कुमारी युथ क्लबलाई २–१ ले पराजित गरेको  । सातदोबाटोको जितमा दीपेश गुरुङ र रञ्जन पुनले गोल गरे । श्री कुमारीका सुविज्ञ रेग्मीले गोल गरे ।

खेलको २१औं मिनेटमा दीपेशको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो । ५३औं मिनेटमा रञ्जन पुनले गोल गर्दै सातदोबाटोले अग्रता दोब्बर बनायो । इन्जुरी समयमा श्री कुमारीका सुविज्ञ रेग्मीले गोल गरे पनि टिमको हार टार्न सकेन ।

सोमबारै भएको अर्काे खेलमा मध्यपुर युथ एसोसिएसनले खुमलटार युथ क्लबलाई ३–२ ले पराजित ग¥यो । मध्यपुरका सुवर्ण विक्रम कार्की, केलाश लामिछाने र विवेश गुरुङले गोल गरे । खुमलटारका लागि दुवै गोल अभय रानाले गरे ।

 

(Visited 14 times, 1 visits today)
Loading comments...