शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

पेन्टागनका कार्यवाहक प्रमुख काबुलमा

एजेन्सी
6 months ago
12/02/2019

 

काबुल । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक सनाहान अचानक अफगानिस्तान पुगेका छन् ।
संयुक्तराज्य अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकुसँग शान्तिवार्ताको प्रयास जारी राखेको अवस्थामा सनाहानको यो आकस्मिक भ्रमण भएको हो ।सनाहानले आफगानिस्तानका राष्ट्रपति अस्रफ घानीसँग भेटवार्ता  गर्ने छन् ।
त्यस वार्ताको मुख्य एजेन्डा गत महिना अमेरिका र तालिबान लडाकुबीच भएको वार्ता हुने बताइएको छ । अफगानिस्तानमा १७ वर्षयता अफगान सरकार र तालिबान लडाकुबीच जारी द्वन्द्व समाधानको लागि अमेरिकाले मध्यस्थताको कार्य गर्दै
आएको छ ।

तालिबान लडाकु समूहले काबुल प्रशासनलाई अमेरिकी ‘कठ्पुतली’ भनी आरोप लगाउने गरेको छ ।तर, पनि अफगान राष्ट्रपति घानीका समर्थक तथा मित्रराष्ट्रहरूले तालिबानसँगको शान्ति प्रक्रियामा अफगानीको मुख्य भूमिका हुनुपर्ने  बताएका छन् ।
तालिबान लडाकु समूहले अफगान राजनीतिज्ञको उच्चस्तरीय प्रतिनिधिमण्डललाई गत साता मस्कोमा भेटवार्ता गरेको थियो । सो भेटवार्तामा देशको भविष्य र शान्तिको लागि सम्भावित मार्गको विषयमा छलफल भएको थियो ।
केही समय अघिदेखि नै अफगानिस्तानमा शान्ति वार्ताका लागि प्रयास भएका छन् ।

ती प्रयास आजसम्म साकार हुन नसकिरहेको भए पनि अमेरिकाले भने अफगान राष्ट्रपति घानीले नै शान्ति प्रक्रियाको नेतृत्व गर्नुपर्ने बताउँदै आएको छ ।  यसपटकको पेन्टागनका कार्यवाहकको काबुल यात्राका क्रममा पनि यस विषयले चर्चा पाउने अनुमान गरिएको छ ।

(Visited 21 times, 1 visits today)
Loading comments...