बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

वसन्त उत्सवमा शास्त्रीय रौनक

राजधानी समाचारदाता
6 months ago
12/02/2019

 

काठमाडौं । वसन्त पञ्चमीको अवसर पारेर सांस्कृतिक संस्थान नाचघरले आयोजना गरेको ‘वसन्त शास्त्रीय संगीत उत्सव’मा नेपाली शास्त्रीय संगीतका अग्रज बेलावादक स्रष्टा गोपालनाथ योगीलाई अभिनन्दन गरिएको छ । शास्त्रीय संगीतमा ६ दशकभन्दा लामो योगदान दिएको भन्दै उनलाई ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

योगीको शास्त्रीय संगीतमा अतुलनीय योगदान रहेको र बेलावादनजस्तो कलालाई निरन्तर अघि बढाएकाले उनलाई अभिनन्दन गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले कार्यक्रममा बताए । आइतबार आयोजना गरिएको सो उत्सबमा करिब २ घन्टा शास्त्रीय संगीत एवं नृत्य प्रस्तुत गरिएको थियो । सांस्कृतिक संस्थानको तर्फबाट गायन विपिन घिमिरे र शिला विष्टको शास्त्रीय गायनसँगै उत्सवमा सांगीतिक प्रस्तुति सुरु भएको थियो ।

उत्सवमा श्री केसी र रविनलाल श्रेष्ठद्वयले शास्त्रीय गायन सुनाए । आमन्त्रित कलाकारमध्ये तारावीर सिंह तुलाधरले सितार वादन, अतुल स्मृति गुरुकुलको तर्फबाट सामूहिक तवला वादन आकर्षक थियो । जीवन आले गुरु समूहबाट सामूहिक बाँसुरी वादन र नगेन्द्र विक्रम राई गुरु समूहले समूहिक बाँसुरी वादन प्रतिस्पर्धामूलक थियो ।

सुलोचना गोपाली र सुजता बरालको एकल कत्थक नृत्य निकै रोमाञ्चक बनेको थियो । गायिकाद्वय राधिका भण्डारी र अमला महर्जनको युगल गायन, रुवी श्रेष्ठको एकल तवला वादन, आशा थापा र शारदा रसाइलीद्वयको युगल गायन, सुजता बर्माले एकल गायन पनि उत्सवको आकर्षक बन्यो ।

 

 

 

(Visited 18 times, 1 visits today)
Loading comments...