मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

गीतमा काठमाडौंदेखि फाप्लुसम्मको यात्रा

राजधानी समाचारदाता
2 months ago
12/02/2019

काठमाडौं। आगामी नयाँ वर्षको अवसर पारेर २९ चैत्रमा रिलिज हुने नेपाली चलचित्र ‘यात्रा, अ म्युजिकल ब्लग’को शीर्षगीत ‘पन्छीपन्छी…’ को भिडियो दर्शकमाझ ल्याइएको छ ।

एक साताअघि टिजर रिलिज गरिएको यो चलचित्रको शीर्ष गीतको भिडियो सोमबार ओएसआर डिजिटलबाट रिलिज गरिएको हो । प्रतीक पौडेलको शब्द र संगीत रहेको यो गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर छ ।

गीतको भिडियोमा अभिनेता सलिनमान बनियासँगै उनका साथीहरूलाई यात्रामा हिडेको देखाइएको छ । गीतमा पात्रहरूको यात्रा काठमाडौंबाट सुरु भएर सोलुको फप्लुमा गएर टुगिएको देखाइएको छ । काठमाडौंबाट सोलु पुग्नुपर्ने कथाको माग भएकाले यो यात्रालाई गीतको रूपमा प्रस्तुत गरिएको यसका निर्माता केशव भट्टराईले बताए ।

यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका छन् । यसमा नेपालको सुन्दरतालाई पनि देखाउने कोसिस गरिएको शाक्यले प्रकाश पारे । गीतबारे युवा अभिनेता सलिनमानले भने, ‘यो गीत ट्राभल गीत हो । यसमा मैले इन्जोए गरे र ट्राभल गर्दा बाटोको रमाइलोलाई यसमा देखाएका छौं ।’

फिल्ममा केशव भट्टराईसँगै, सुशील पोखरेल, चिजकुमार श्रेष्ठ, विक्रम पराजुली, सर्जुमान लिगल, मुक्ति तिम्सिना निर्माता र रामशरण घिमिरे सहनिर्माता रहेका छन् ।

यात्रामा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, नवअभिनेत्री मल्लिका महत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय छ ।

 

(Visited 28 times, 1 visits today)
Loading comments...